सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

आफू गएको हेलिकोप्टर उद्धारका लागि छाडेर प्रधानमन्त्री बुद्ध एयरमा काठमाडौं फर्कंदै

आफू गएको हेलिकोप्टर उद्धारका लागि छाडेर प्रधानमन्त्री बुद्ध एयरमा काठमाडौं फर्कंदै


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०८०, शनिबार

नेपालगञ्ज/ जाजरकोट भूकम्प पीडितको अवस्था बुझ्न शनिबार बिहानै त्यसतर्फ गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले चढेर गएको हेलिकोप्टर उतै छाडेर फर्कने भएका छन्।

गएराति जाजरकोटको गएराति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएपछि प्रधानमन्त्री प्रचण्ड बिहानै त्यसतर्फ गएका थिए।

नी आफूले चढेर गएको हेलिकोप्टर उत्रै छाडेर नियमति विमानमार्फत काठमाडौं फर्कन लागेको उनका प्रेस संयोजक सुर्य किरण शर्माले बताए।

‘आफू चढेर गएको विमान उद्धारका लागि छाडेर नियमित जहाजमा साढे २ बजे उहाँ (प्रधानमन्त्री नेपालगन्ज)बाट काठमाडौं फर्कँदै हुनुहुन्छ,’ उनले भने, ‘सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक तयारी गर्नका लागि उहाँ काठमाडौं फर्कन लाग्नुभएको हो।’ उनी बुद्ध एयरमार्फत काठमाडौं फर्कन लागेका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->