बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गोल्डेन नेचरमा निबन्ध लेखन, प्रथम भइन सम्झौता भण्डारी

गोल्डेन नेचरमा निबन्ध लेखन, प्रथम भइन सम्झौता भण्डारी


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८०, बुधबार

पोखरा / पोखरा-३०, खुदी ढुङ्गेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आफ्नो शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका बीच नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यार्थीहरूमा रहेको लेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा सम्झौता भण्डारीले प्रथम स्थान प्राप्त गर्न सफल भइन भने जस्मिन आचार्यले द्वितीय स्थान, अनुश्का अर्यालले तृतीय स्थान र सरिता शर्माले सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

उक्त कार्यक्रमको संयोजन विद्यालयका शिक्षक मुक्तिनाथ रानाभाट र शिक्षिका सावित्री न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->