शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जिम्मेवारी बुझाउन उपभोक्ता समितिलाई प्रशिक्षण

जिम्मेवारी बुझाउन उपभोक्ता समितिलाई प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८०, शनिबार

पोखरा / जिल्ला समन्वय समिति कास्कीले आफ्नो दायित्व बुझाउन उपभोक्ता समितिहरुलाई प्रशिक्षण दिएको छ । प्रशिक्षणमा विकास निर्माणका कामलाई व्यवस्थित र गुणस्तरीय बनाउने तथा गुणस्तरीय विकास निर्माणमा उपभोक्ता समितिको भूमिकाबारे जानकारी गराइएको थियो । एकदिने प्रशिक्षणको सुरुमा जिसस कास्कीका प्रमुख लीलाधर पौडेलले उपभोक्ता समितिहरु सरकारका सहयात्री र सारथी भएको बताए ।

कतिपय विकास आयोजना निर्माण कम्पनी र कहिलेकाहिँ उपभोक्ता समितिका लापरबाहीका कारण अलपत्र परेको दृष्टान्त दिँदै उनले राज्यको लगानीमा लापरबाही गर्ने छुट कसैलाई पनि नभएको जानकारी गराए । कानूनबाट कसैले उन्मुक्ति नपाउने उनको भनाइ थियो ।

प्रशिक्षणमा पूर्वसीडीइ भुपेन्द्र गौचन, कोष तथा लेखा नियन्त्रण कार्यालयका केशवराज ढकाल ,जिल्ला समन्वय समिति कास्कीका शाखा अधिकृत झबिश्वर रेग्मीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->