शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अवैध खेलमा बालबालिकाको प्रयोग

अवैध खेलमा बालबालिकाको प्रयोग


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८०, मंगलबार

स्याङजा/ दोस्रो स्याङजा आँधीखोला महोत्सवमामा राखिएका विभिन्न स्टलहरु र अवैध खेलहरुमा कलिला बालबालिकालाई काममा लगाइएको छ । महोत्सवका बालउद्यान स्टल र खुल्ला चौरमा राखिएका स्टलमा उमेर नपुगेका बालबालिकालाई काममा लगाउँदा उनीहरु असुरक्षित पनि बनेका छन् । स्याङ्जाकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले १८ वर्ष उमेर नपुगेका बालबालिकालाई प्रयोग गर्न नपाइने र प्रयोगलाई रोक्न प्रहरीले प्रयास जारी राखेको बताए पनि त्यहाँ १५/१६ जना बालबालिका काम गरिरहेका देखिन्छन् । प्रहरीले रोक्ने प्रयास गरेरपनि एक दिन हटाएको बाल बालिका दोस्रो दिन फेरि फरक ठाउँमा तीर हान्ने, रिङ हान्ने र उपहार कुपन काट्ने काममा लगाइने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->