बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वच्छ पानीको आसा

स्वच्छ पानीको आसा


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०८०, बुधबार

बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले नयाँ पदाधिकारी पाएको छ । शनिवार सम्पन्न भएको अधिवेसन तथा निर्वाचनले केवी राना मगरको नेतृत्वमा पदाधिकारी पाएको हो । यो नेतृत्व सँगै अब बागलुङ नगरभित्र स्वच्छ खानेपानी बितरण हुनेमा आम उपभोक्ताहरु आशाबादी छन् । उनीहरुले स्वच्छ पानी पाउने नागरिकको अधिकार रक्षा हुने समेत आसा गरेका छन् ।

झण्डै ८ बर्ष सम्म संस्थाको नेतृत्व गरेर बाहिरिएको ६ बर्षमा फेरी राना खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा पुगेका छन् । यो बिचमा बनेको हरिप्रसाद श्रेष्ठ नेतृत्वको समितिले पानी खुवाउने प्रयासमा असफलता पाएपछि नगरपालिका र जिल्ला जलश्रोत समितिले समिति भंग गरेको थियो । जयराम भारी नेतृत्वमा गत साउनमा गठन भएको तदर्थ समितिलाई निर्वाचन सम्म लैजाने म्यान्डेड सहित अधिकार सुम्पिएकोमा त्यो समयको एक दिन अघिनै निर्वाचन गराएर पद हस्तान्तरण गरेको हो । माघ १ गते नआउँदै पुसकै दिनमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको समितिले पदस्थापन गरिसकेको छ ।

झट्टहेर्दा खानेपानी खुवाउने काम सजिलो छ । तर यो काम डेढ दशकदेखि अलमलमा परेको छ । बर्षातमा हिलाम्मे पानी र हिउँदमा धारोमा पानी नै नआउने समस्याबाट बागलुङबजार बासी आजित छन् । १९ किमी लामो मुहानबाट पानी ल्याइएकोले जुन सुकै बेला जुनसुकै स्थानमा पाइपलाईन भत्किने, टुट्ने खतरा हुने गरेको छ । पानीको मुहानमै भलबाढी पस्ने गरेकोले पानी शुद्ध छैन । बेलाबेला कोलिफर्म मिसिएको समेत भेटिन्छ । त्यसैले शुद्ध पानी खाने नागरिकको सपना धेरै नै परको भएको छ । चुनावमा होमिंदा दुवै प्यानलले शुद्ध पानी खुवाउने, दिगो व्यवस्थापन गर्ने नारा लगाएका छन् । निर्वाचनमा पनि दुवै प्यानलका सदस्य र पदाधिकारी निर्वाचित भए ।

निर्वाचनमा जाँदा राजनीतिक खेमामा बिभाजन भएपनि खानेपानी सबैको साझा बिषय हो । खानेपानी संस्था गैर राजनीतिक, गैर नाफामूलक र सामाजिक संस्था हो । बिधानमा पनि यो व्यवस्था भएकोले यहाँ नाफा कमाउने गरी काम गर्न भन्दा आम नागरिकको हितमा काम गर्न जरुरी छ । पानीको शुद्दतालाई प्राथमिकता दिने काम गर्नुपर्छ । लिफ्ट बिधि महंगो भएकोले मुहानबाट सिधै ल्याउने स्थान खोजेर समस्याको दिगो समाधान गर्नुपर्ने आवस्यकता छ ।

खानेपानीकालागि नगर पालिका वा संस्था मात्र जिम्मेवार छैन । जिल्लामा रहेको डिभिजन खानोपनी तथा सरसफाइ कार्यालय पनि बिज्ञको रुपमा रहेको छ । तर अहिले उक्त कार्यालय जिम्मेवारीबाट पर छ । ग्रामीण क्षेत्रका ५० धारा बनाउने योजनामा निरन्तर लाग्ने यो कार्यालय नगर क्षेत्रका ४ हजार घरधुरीको समस्या नदेख्ने प्रवृत्ति बनेको छ । उपभोक्ता संस्थालाई दिंदैमा कार्यालयले वेवास्ता गर्न मिल्दैन । त्यतिमात्र हैन ठेक्काको काम पटक पटक अलपत्र पर्ने, समयमा बजेट निकासा नहुने, प्राविधिक कामले खानेपानीको योजना अलपत्र भैरहेको बिषय भने चासोमा आएको छैन । अहिले पनि कर्मचारी संयन्त्रले वास्ता नगर्ने, ठेकेदारले म्याद नथपेसम्म काम नगर्ने र योजनाहरु अलपत्र पार्नमा सबैको भूमिका हुने गरेको छ । यो क्रम नहटेसम्म बागलुङ नगरबासीले स्वच्छ खानोपनी पाउने आसा पुरा हुनेछैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->