काठमाडौं/नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।





