शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सरकारी कार्यालयमा सेवाग्राहीका सवारीलाई पार्किङ सुविधा : निर्णय कार्यान्वयन कहिले ?

सरकारी कार्यालयमा सेवाग्राहीका सवारीलाई पार्किङ सुविधा : निर्णय कार्यान्वयन कहिले ?

सरकारी कार्यालयमा रहेका पार्किङ सुविधा सर्वसाधारणका लागि उपलव्ध गराउन कार्यालय प्रमुखहरुको बैठकबाटै निर्णय भएको छ । तर निर्णय कार्यान्वयन हुन सकेको छैन ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८०, बुधबार

बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङसँग कार्यालय परिसरमा झण्डै दुई रोपनी जग्गा छ । भवन र आसपासका संरचनाबाहेक सानाठुला २५÷३० वटा सवारी साधन पार्किङ गर्न मिल्छ । तर यहाँको मुल ढोका बन्द हुँदा सेवाग्राहीले सडकमै पार्किङ गरेर सेवा लिँदै आएका थिए । अहिले प्रशासनले मुल ढोका खोल्न थालेको छ ।
मालपोत कार्यालय परिसरमा पनि प्रशासनकै हाराहारीमा जग्गा छ । मुख्य भवन र अन्य केही संरचना बाहेकको जग्गामा तरकारी र फलफुल खेती गरिएको छ । मालपोतको कामका लागि आउने सेवाग्राहीले मुलगेटमै सवारी रोकेर सेवा लिन्छन् तर कार्यालय परिसरभित्र पार्किङ गर्न निषेध छ । यदी कोही कसैले प्रयास गरेपनि कार्यालयका कर्मचारीले फिर्ता पठाउँछन् ।
आवारोडमा रहेको नेपाल टेलिकममा पनि जग्गा लथालिंग जग्गा छ । आडैमा रहेको पर्यटन कार्यालय, त्यसको केहीपर रहेको धौलागिरी अस्पतालमा पर्याप्त जग्गा छ तर सर्वसाधारणले पार्किङका लागि उपभोग गर्न पाउँदैनन् । कार्यालयका कर्मचारी र छिमेकका सवारीधनीलाई मात्रै पार्किङ सेवा दिइएको छ ।
कार्यालयमा कामका लागि पुगेका सेवाग्राहीले सडकमै सवारी पार्किङ गरेर सेवा लिँदा ट्राफिक व्यवस्थापनमा चुनौती छ । बागलुङ बजारको सौन्दर्यता, सडक सु्रक्षा र सवारी साधानको सुरक्षालाई समेत चुनौती थपिएको हो । पर्याप्त जग्गा भएपनि सेवाग्राहीलाई पार्किङ सेवा नदिने कार्यालयमा मालपोत, विद्युत्, शिक्षा विकास तथा समन्वय इकाई, नापी, खानेपानी तथा सरसफाइ डिभिजन र जलस्रोत तथा सिँचाइ डिभिजन रहेका छन् ।
‘सदरमुकाममा कयौं बैंकहरुले कारोवार गर्छन्, उनीहरु कसैको पनि पार्किङको सुविधा छैन्’ उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ भन्छन् ‘सरकारी गैरसरकारी कार्यालयले आफ्ना सेवाग्राहीलाई पार्किङको सुविधा नदिँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्छन्, यो दुर्भाग्य हो ।’ हरेक नागरिकले सहज यात्रा गर्न पाउनुपर्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ ।
साँघुरो बजारमा पार्किङ व्यवस्थापन जटिल बन्दै गएपछि नगरपालिकाले पार्किङ सुविधा भएका कार्यालयलाई सेवा दिन आग्रह गरेपनि अटेरी गरिरहेका छन् । ‘मैले पटक पटक सिडियो सा’पमार्फत पार्किङ खोल्न आग्रह गरेको छु, कार्यालय परिसरमा केही सवारी पार्किङ हुँदा मात्रै ट्राफिक घट्छ’ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने ‘हामीले दिर्घकालिन समाधान भर्खरै गर्न सक्ने अबस्था छैन्, केही उपाय खोजिरहेका छौं ।’ उनले सरकारी कार्यालयले पार्किङ सुविधा दिने र अन्य बैंकले समेत विस्तारै पार्किङको व्यवस्थापन गर्ने हो भने समस्या कम हुने बताए । पार्किङ व्यवस्थापनका लागि नगरपालिकाले विभिन्न योजना बनाएको छ ।
सरकारी कार्यालयमा रहेको पार्किङ सुविधा सर्वसाधारणका लागि उपलव्ध गराउन कार्यालय प्रमुखहरुको बैठकबाटै निर्णय भएको छ । तर निर्णय कार्यान्वयन हुन सकेको छैन । ‘हामीले प्रशासनको पार्किङ खुल्ला गरेका छौं, सबै कार्यालय प्रमुख बसेर निर्णय भएको छ’ प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने ‘निर्णय सबै कार्यालयमा पठाईएको छ, कार्यान्वयन भए नभएको बिषयमा थप बुझ्छौं ।’
बागलुङ नगरपालिकाले सरकारी कार्यालय, ठूला होटल तथा उद्योगले सकेसम्म पार्किङ सेवा दिनेगरी नीति बनाउन थालेको छ । खासगरी सेवाग्राहीको भिडभाड हुने प्रशासन, टेलिकम, मालपोत र नापी कार्यालयले भएको पार्किङ सुविधासमेत सेवाग्राहीलाई नदिँदा बागलुङ बजारमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको हो ।
जिल्लामा पर्यटक भित्रिने मुख्य नाका भएकाले पनि बागलुङ बजारमा जिल्ला बाहिरका सवारी साधन आउने गरेका छन् । यहाँका होटलहरुमा बास बस्दा समेत पर्यटकले सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । ‘हामीले नयाँ बसपार्क सञ्चालन गरेर पार्किङ व्यवस्थापनको योजना बनाएका छौं’ नगरप्रमुख श्रेष्ठ भन्छन् ‘घुम्ती पार्किङको व्यवस्थापन गरौं भन्दा व्यवसायी मान्नुभएन् ।’ अहिले एकातर्फी पार्किङले ट्राफिक जाम केही हदसम्म नियन्त्रणमा आएपनि दीर्घकालीन व्यवस्थापन हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->