शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय क्षेत्र अब नेपालीले बनाउने हो : प्रचण्ड

पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय क्षेत्र अब नेपालीले बनाउने हो : प्रचण्ड

घोषणा भयो पोखरा पर्यटकीय राजधानीको रुपमा


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०८०, आइतबार

पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणा गरेसँगै पोखरालाई विश्वको विशिष्ट पर्यटकीय क्षेत्र नेपालीले नै बनाउनुपर्ने बताएका छन् ।

आइतबार एक भव्य समारोहका बिचमा प्रचण्डले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै अब विश्वमा पोखरा ब्रान्डिङ हुने सुनाए । कार्यक्रमको सम्बोधन गर्दैै प्रधानमन्त्री दाहालले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवर्द्धनमा यो अभियानले महत्त्वपूर्ण योगदान गर्ने बताएका हुन् ।

पोखरा नेपालका मुख्य शहरमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त भएको उनको भनाइ छ । उनले भने ‘सुन्दर हिमश्रृङ्खला, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद, छाँगा, गल्छीहरूले पोखराको सुन्दरता थपेका मात्रै छैनन्, आर्थिक विकास, आत्मनिर्भर अर्थतन्त्र, सांस्कृतिक वैभवलगायतमा महत्त्वपूर्ण योगदान पु¥याएका छन् ।’

पर्यटकीय राजधानी घोषणाले पर्यटन बजारको पहुँच विस्तार गर्न, लगानीकर्तालाई अनुकूल वातावरण सिर्जना गर्न र जनताको जीवनस्तरमा गुणात्मक प्रभाव पार्न महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा रहेको प्रधानमन्त्रीले बताए । (तस्वीर बसन्त शेर्पा)

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->