शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुदै

प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुदै


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८०, बुधबार

पोखरा/पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन भन्ने मूल नारासहित पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ । पर्यटकीय गन्तव्य पञ्चासेक्षेत्र अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउरालीमा हुने सम्मेलनको तयारी पुरा भएको आयोजक पञ्चासे ईको टुरिजम प्रालिले जनाएको छ ।

शान्त पर्यापर्यटन र जंगल परिभ्रमणको मूल मान्यता सहित ग्रामीण पर्यापर्यटन प्रवद्र्धन गर्ने हेतुले शान्त पर्यावरणीय मेलाका रुपमा कार्यक्रमलाई अगाडि वढाइको पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार कार्यक्रममा वैशाख १ गते विशेष पर्यावरणीय पदयात्रा गरि उद्घाटन गरिने र वैशाख २ गते विशेष सत्र प्रस्तुतिका रुपमा कार्यपत्र प्रस्तुति सँगसँगै सुनाखरी, चरा र जैविक विविधता अवलोकनको कार्यमूलक सेसन सञ्चालन गरिनेछ । कार्यक्रम अन्तर्गत तेस्रो दिन योगा र आध्यात्म शिविर र जंगल परिभ्रमण पदयात्रा गरि जंगलकै वीचमा सुनाखरी सत्र सञ्चालन गरि कार्यमूलक अवलोकन समेत गरिने पञ्चासे ईको टुरिजमले जनाएको छ ।

खुला सत्रको सन्देश दिनेगरि सञ्चालन गरिने सम्मेलनमा वक्ताको रुपमा जैविक विविधता विज्ञ डा. हुम गुरुङ, सुनाखरी वैज्ञानिक भक्त वहादुर रस्कोटी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव डा. रामचन्द्र कँडेल, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) गण्डकीका प्रमूख डा. रविन कडरिया, पर्यटन विज्ञ डा. राम्जी शर्मा, पर्यटन विज्ञ डम्वर पुन, चरा विज्ञ मन्सान्त घिमिरे र वुद्धिजीवी डा. अमर नागिला लगायत सहभागी हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानीय साँस्कृतिक कार्यक्रम, ट्होटे र गुरुङ संस्कृतिमा आधारित रोधी समेत प्रस्तुत गरिने छ । सम्मेलनले अन्तर्राष्ट्रिय स्तरमै फरक सन्देश दिएर आगामी सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गर्दै आवधिक रुपमा सम्मेलन सञ्चालन गर्दै लैजाने आयोजक पञ्चासे ईको टुरिजमको तयारी छ । आगामी वर्षदेखि पञ्चासे ईको टुरिजम प्रालिले पञ्चासे साँस्कृतिक कार्यक्रम, पञ्चासे पर्यापर्यटन महोत्सव र पञ्चासे जैविक विविधता सम्मेलन गरि वार्षिक तीनवटा ईभेन्ट सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->