शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सडक आश्रित २२ जनाको उद्धार

सडक आश्रित २२ जनाको उद्धार


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८०, बुधबार

पोखरा/ पोखराका विभिन्न स्थानमा माग्दै हिड्ने सडक आश्रित २२ जनाको उद्धार गरिएको छ । उनीहरुलाई मानव सेवा आश्रममा पठाइएको छ ।

उद्धार गरिएकामा २ जना बालिकासहित १६ महिला र ६ पुरुष रहेका छन । महिलालाई मानव सेवा आश्रम छोरेपाटन र पुरुषलाई हेम्जाको आश्रममा पठाइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।

उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरको नगर प्रहरी टोलीले बुधवार विभिन्न स्थानबाट उद्धार गरिएको हो । भिक्षा माग्न कानुनले निषेध गरेकोले पोखराको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न प्रहरीले नदिने शर्माले बताए । बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउने कार्यलाई रोक लगाइने प्रहरीले जनाएको छ । साथै बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न प्रहरीले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->