पोखरा यूनाइटेड क्लब पोखराले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा साताब्यापी कार्यक्रम गर्ने भएको छ । २०६७ बैशाख ७ गते स्थापना भइ पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबले आगामी बैशाख १ देखी ७ गतेसम्म कार्यक्रमको आयोजना गर्न लागेको हो ।
क्लबले वैशाख १ गते मानव सेवा आश्रम पोखरा–२५ हेम्जा र जेष्ठ नागरिक मिलन केन्द्र पोखरा–१५ टुुटुङगामा भोजन सेवा कार्यक्रम, वैशाख २ गते पोखरा– १४ मा रहेको बलभद्र माविमा खेलकुद सामाग्री वितरण, वैशाख ३ गते पोखरा–२७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम गर्ने भएको छ । त्यसैगरी वैशाख ४ गते पोखरा–१७ महतगौडामा रहेको जानकी माविमा सेनेटरी प्याड मेशिन बितरण, बैशाख ५ गते अमरसिंहमा रक्तदान कार्यक्रम, वैशाख ६ गते पोखरा–१५ टुटुङगामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण र वैशाख ७ गते १४ औँ वार्षिक उत्सव तथा सम्मान कार्यक्रमको आयोजना गरिने क्लबका महासचिव दिनेश सुनारले जानकारी दिए ।
क्लवले वार्षिकोत्सवको अवसर पारी हरेक वर्ष वैशाख १ देखी ७ गते सम्म साताब्यापी कार्यक्रम गर्दै आइरहेको छ ।





