शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पर्यटक प्रहरी कार्यालय पोखरालाई २ थान इ-साइकल

पर्यटक प्रहरी कार्यालय पोखरालाई २ थान इ-साइकल


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०८१, आइतबार

पोखरा/नेपालको पर्यटकीय राजधानी पोखरा घोषणासँगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी तथा चुनौतीलाई मध्यनजर गरी स्रोत साधनको अभावमा हुने स-साना समस्याहरुलाई समाधान तथा पोखरा र आसपासका क्षेत्रमा सुरक्षित पर्यटकीय वातावरण सिर्जना गर्नको लागि पर्यटन बोर्ड पोखराले पर्यटक प्रहरी पोखरालाई २ वटा विद्युतीय साईकल हस्तान्तरण गरेको छ ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखराद्धारा पर्यटक प्रहरी पोखराको लागी ती साइकल जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापा, वडा प्रहरी कार्यालय बैदाम कास्कीका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठ, अध्यागमन कार्यालय कास्कीका प्रमुख शाखा अधिकृत नवराज शर्मा, पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक जगदिश रेग्मी लगायतको उपस्थितिमा तीनसय वाट क्षमताका काईसाई इलेक्ट्रिक साइकलको चावी बोर्डका निमित्त कार्यालय प्रमुख नबिन पोख्रेलले पर्यटक प्रहरी कार्यालय पोखरालाई आइतवार हस्तान्तरण गरे । पर्यटक प्रहरी पोखरालाई यी साइकल पर्यटकीय राजधानी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकहरुको बढी आवतजावत हुने स्थानहरुमा गस्ती गरी सुरक्षित पर्यटकीय वातावरणको महशुस हुने गरी कार्य गर्न अझ वढी उत्प्रेरणा र कार्य वातावरण बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->