पोखरा/सशस्त्र प्रहरीले सेती नदीमा अड्किएको एक शवको आज उद्धार गरेको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका– १ करुवास्थित सेती नदीबाट स्थानीय २५ वर्षीय जगत पुनको शव निकालिएको हो ।
नदीमा मानिसको हात तैरिरेको अवस्थामा देखिएको थियो । पानीको बहाव तीब्र रहेको हुँदा खोजतलास तथा उद्धारको लागि गोताखोर आवस्यक परेको भन्दै अन्य सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिबाट खबर प्राप्त हुनसाथ सशस्त्रले उक्त शवको उद्धार गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालीका गण हेडक्वार्टर पोखराबाट विशेष खोज तथा उद्धार एवं गोताखोर टोलीले शवको उद्धार गरेको हो । नदीको १ सय ५० मिटरको खोंचमा पानीभित्र ३ मिटर गहिराईमा ढुंगामा अड्किएको अवस्थामा दिउँसो २ बजेर २५ मिनेटको समयमा शवको उद्धार भएको थियो । शब पोष्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल पुराइएको छ ।
शव कास्कीको माछापुच्छ«े गाउँपालिका–१ करुवा वस्ने २५ वर्षीय जगत पुन रहेको परिवारले पहिचान गरेका छन ।
शवको परिवारजनले पहिचान गरेका छन । पुन बैशाख १ देखि हराएका थिए ।





