शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

रहेनन् प्रकट पगेनी

रहेनन् प्रकट पगेनी


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०८१, मंगलबार

पोखरा/गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को मंगलबार मृत्यु भएको छ । जण्डीस र निमोनियाबाट पीडित उनको पोखराको मनिपाल शिक्षण अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताएका छन ।

७० वर्षीय प्रकट कास्कीको रुपा गाउँपालिका–५ का बासिन्दा हुन । उनका श्रीमती, एक छोरा र एक छोरी छन । पौडेलका अनुसार उनको भोली बुधवार मध्यान्ह १२.१० बजे मनिपाल शिक्षण अस्पतालबाट शवयात्रा सुरु गरी फुलबारी घाटमा अन्त्येष्टी गरिने छ । प्रकटलाई स्वास्थ्यमा एक्कासी समस्या आएपछि सोमबार अस्पताल ल्याइएको थियो । उनको उपचारमा आर्थिक अभाव भएपछि पोखरेली युवा सांस्कृतिक परिवारले २५ हजार रुपैयाँ राखेर उपचार कोषको स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->