पोखरा/युनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रमअन्तर्गत चौथो दिन मंगलबार पोखरा १७ महतगौंडामा रहेको जानकी माविमा अध्ययनरत छात्रालाई लक्षित गरी सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ ।
भेन्डिङ मेसिन वितरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले विद्यालयमा छात्राहरुलाई भेन्डिङ मेसिनले प्याड वितरणमा मितव्ययिता कायम गर्ने बताए ।
क्लबका पूर्वअध्यक्ष सुकबहादुर गुरुङले यूनाइटेड क्लब १४ आंै वर्ष सम्म आइपुग्दा पोखरा महानगरको ३३ वटै वडाका विभिन्न विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिसकेका वताए ।
क्लबका अध्यक्ष राजु श्रेष्ठले यूनाइटेड क्लवले सेती नदीसँग जोडिएका वडासँग सहकार्य गरेर सेती नदीमा पर्यटकीय गन्तव्य स्थल निर्माण गर्न तयार उद्घोष गरे ।





