शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०८१, बुधबार

पोखरा/ यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ । क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका हुन ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले यूनाइटेड क्लबले सामाजिक काम मार्फत पोखरा बाहिर समेत पुगेर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । जाजरकोटको भुकम्प देखि पूर्व र पश्चिममा विपदमा परेकाहरुलाई क्लबले सहयोग गरेको वताउदै यूनाइटेडको हरेक अभियानम आफ्नो साथ र सहयोग रहने उनको भनाइ रहेको थियो ।

त्यस्तै रक्तसञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले हरेक तीन महिनामा रक्तदान गर्नसके शरिर स्वस्थ बन्ने वताए । रक्तदानले अर्काको जीवन बचाउने मात्र नभइ आफुलाई समेत स्वस्थ बनाउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो । त्यस्तै क्लबका कार्यसमिति सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक जयराम आचार्यले यूनाइटेड क्लबले हरेक वार्षिकोत्सवको अवसरमा रगतको अभावलाई मध्येनजर गरी रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको र यो पटक पनि रक्तदान कार्यक्रमको आयोजना गरी रक्त अभावलाई कमी गर्ने अभियानलाई निरन्तरता दिएको वताए ।

रक्तदान कार्यक्रममा ब्राभो ट्रेनिङ सेन्टर, टास्क फोर्स ट्रेनिङ सेन्टर, एबीसी ड्राइभिङ, पिसपोखरा ड्राइभिङ, स्थानिय र क्लबका पदाधिकारी, कार्यसमिति सदस्य, आजीवन सदस्य, सल्लाहकार लगायतले रक्तदान गरेका थिए । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->