शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण

यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८१, बिहिबार

पोखरा/यूनाइटेड क्लब पोखराले पोखरा–१५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा विहीबार खाद्यान्न सामाग्री वितरण गरेको छ । क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छैठौ दिन आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न सामाग्री वितरण गरेको हो ।

खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै पोखरा महानगरपालिका–१५ का अध्यक्ष तोरण बानियाँले खाद्यान्न सामाग्री वितरण गरेकोमा क्लव परिवारप्रति आभार प्रकट गर्दै क्लबको सामाजिक कार्यलाई लक्षित गरि आगामी आर्थिक वर्षदेखी वडाले रातो किताबमा समेटेर बजेट बिनियोजन गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै पछिल्लो समय कुष्ट प्रभावितहरुको संख्या विस्तारै वढ्दै गएको र आफ्नो वडामा समेत हाल ४ जना मानिसमा कुष्टरोग देखा परेकाले यसको बारेमा सचेत बन्दै जनचेतना फैल्याउन आवश्यक रहेको समेत वताए ।

सो अवसरमा वोल्दै नेपाल कुष्ठरोग निवारण संघका केन्द्रीय उपाध्यक्ष नारायण शर्माले महोत्सव गर्नु आफैमा गार्हाे काम भएका बताउदै गाह्रो कामबाट बचत भएको रकम सामाजिक सेवामा खर्चिनु अत्यन्तै सराहनीय काम भएको वताए । कुष्ठरोग निवारण संघ कास्कीका अध्यक्ष सुभाष तझ्याले पोखरा आरोग्य आश्रम कुष्ठ प्रभावितका लागि स्थापना गरिएको वताउदै हाल संघमा १३ जना आश्रित रहेको र उनीहरुलाई विभिन्न संघसंस्था तथा ब्यक्तिहरुको सहयोगमानै खाद्यान्न उपलब्ध गराउदै आइरहदा यूनाइटेड क्लबको सहयोग पाउदा आफुहरु गौरवान्वित भएको वताए ।

संघको सम्योजनमा कुष्ठ प्रभावितहरुलाई लक्षित गरी पोखराको लामतरामा १८ र ठूलिमझुवामा १२ परिवारलाई बासस्थानको ब्यवस्था मिलाएको भएतापनि उनीहरुले सरकारबाट भत्ताबाहेक केही नपाएको उनको भनाइ थियो । कार्यक्रममा क्लबका कार्यसमिति सदस्य तथा खाद्यान्न वितरण कार्यक्रमका संयोजक पूर्णकुमार श्रेष्ठले यूनाइटेड क्लबले वार्षिकोत्सवको अवसरमा आश्रममा खाद्यान्न वितरण गरिएको वताए ।
यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत वैशाख १ देखी ७ गते सम्म शिक्षा, स्वास्थ्य, विभिन्न आश्रमहरुमा पुगी खाद्यान्न तथा विभिन्न सहयोग गर्दै आइरहदा छैठौ दिन पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण गरेको वताए । क्लबले सेती नदी संरक्षणका लागि समेत रकम छुट्याउदै आएको र सेती नदीसंग जोडिएका पोखरा महानगरका वडासंग सहकार्य गरेर सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य बनाउनका लागि समेत सहकार्य गर्न तयार रहेको अध्यक्ष श्रेष्ठले वताए । क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->