पोखरा/सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नयाव उपरीक्षक (डिएसपी) बसन्तराज शर्मालाई शनिवार स्वागत गरेको छ ।
उक्त अवसरमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीलगायत सल्लाहकारले प्रहरी नायव उपरीक्षक शर्मालाई मायाको चिनोसहित खादा लगाइ स्वागत गरेका थिए । कार्यक्रममा डिएसपी शर्माले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सधै समुदायसँग सहकार्य गरेर अघि वढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा सदस्य जुमकाजी गुरुङ, सामुदायिक सेवा केन्द्र वगरकी संस्थापक अध्यक्ष सिता गुरुङ, सल्लाहकार पुरुषोत्तम श्रेष्ठ, निवर्तमान अध्यक्ष रामभुषण पराजुली, कोषाध्यक्ष कृष्णबहादुर तामाङले आआफ्नो मन्तव्य राखेका थिए ।





