पोखरा/ पोखराको यूनाइटेड क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा क्लबका परिकल्पनाकारहरुलाई सम्मान गरेको छ । २०६७ बैशाख ७ गते स्थापना भएको क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोकबहादुर थापा, सुकबहादुर गुरुङ, गणेश तिमिल्सिना, उमेश थापा मगर, प्रतिक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दिप विश्वकर्मा, आयूष गुरुङ, साइमन परियार, बिनोद बसेल, कृष्ण थापा मगरलाई सम्मान गरेको हो । प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अध्यक्ष राजु श्रेष्ठ लगायतले सम्मानपत्र, दोसल्ला, माला लगाइ सम्मान गरे ।
उक्त अवसरमा गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका बेदबहादुर गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा रहेको एकमात्र अब्बल क्लब यूनाइटेड रहेको वताउदै आफु सरकारमा रहे या नरहेपनि आफ्नो तर्फबाट क्लबको हरेक अभियानलाई सहयोग गर्ने वताए । अमरसिंह माविका प्रध्यानाध्यापक शेरबहादुर थापाले यूनाइटेड क्लबले अमरसिंह खेलमैदानमा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको वताउदै हिउदको छुट्टीमा पोखरा महोत्सव गर्दै आइरहेकोमा आगामी दिनमा दशै तिहारको विचको समयमा हुने विदाको वेलामा पनि सानो भएतापनि महोत्सव गर्न सुझाव दिए ।
यूनाइटेड क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले यूनाइटेड क्लबले आगामी दिनमा सामाजिक कामको दायरालाई फराकिलो बनाउदै लैजानुपर्ने र त्यसका लागि सम्पूर्ण सदस्यहरु लाग्नुपर्नेमा जोड दिए । क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङले स्थापनाकालदेखी हालसम्म आइपुग्दा क्लवले विभिन्न आरोह अवरोहहरु झेल्दै आएको र सम्पूर्ण एकजुट भएको खण्डमा जस्तोसुकै परिस्थितीको सामना गर्न सकिने वताए ।
त्यस्तै क्लवका सल्लाहकारद्वय मुक्षेत्र गुरुङ र लिलाधर अधिकारीले यूनाइटेड क्लबमा आवद्ध युवाको ऐक्यवद्धता, विश्वास र भरोसाकै कारण क्लबले आजको दिनसम्म आइपुग्दा पोखरामा मात्र नभइ नेपालमानै अब्बल सावित हुने काम गर्न सफल भएको वताउदै नाम अनुसारनै सम्पूर्ण सदस्यहरु एकजुट भएर आगामी आयोजनाहरु सफल बनाउन तर्फ लाग्न सुझाव दिए ।
क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले यूनाइटेड क्लबले आगामी दिनमा ड्रीम प्राजेक्टको रुपमा लेखनाथको अर्चलेमा जेहेन्दार विद्यार्थीको छात्राबास निर्माण र सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य निर्माणका लागी महत्व दिने वताए । क्लबले स्थापना कालदेखीनै पोखरामा खुल्ला चिडियाखाना निर्माण हुनुपर्छ भन्ने अवाज उठाउदै रकम सञ्चालन गरी सरकारलाई प्रदान गर्दै आइरहदा हाल गण्डकी प्रदेश सरकारको ड्रीम प्रोजेक्टको रुपमा चिडियाखाना निर्माणको काम भइरहेको समेत उनको भनाइ रहेको थियो ।
बाह्रौं पोखरा महोत्सवबाट ३८ लाख ९५ हजार बचत
यसैविच गत पुषको २६ देखी माघको ८ गते सम्म आयोजना गरेको बाह्रौं संस्करणको पोखरा महोत्सवबाट ३८ लाख ९५ हजार बचत भएको क्लबका कोषाध्यक्ष सूर्यबहादुर बानियाले उक्त अवसरमा जानकारी दिए । महोत्सवमा कुल आम्दानी १ करोड ७४ लाख ३० हजार र खर्च १ करोड ३५ लाख ३५ हजार गरी कुल ३८ लाख ९५ हजार बचत भएको बानियाँले जानकारी दिए । महोत्सवबाट बचत रकमले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी एक साहसिक पर्यटकीय गन्तब्य निर्माणमा खर्च गरिने उनको भनाइ रहेको थियो ।
यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने क्लबका महासचिव दिनेस सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा यूनाइटेड क्लबको जिंगलका रचनाकार प्रकट पंगेनी शिवको असामहिक निधन प्रति शोक ब्यक्त गर्दै मोहनधारण समेत गरिएको थियो ।





