पोखरा/ कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा कुल्दीप आचार्य, सचिवमा हरिशंकर भण्डारी, कोषाध्यक्षमा कृष्णबहादुर थापा,, सहसचिवमा भरत थापा, सदस्यहरुमा बाबुराम थापा, सृजना सुवेदी, विष्णु वराल, दुर्गादेवी सुवेदी, राममाया कार्की, भिमा सुवेदी सिग्देल र शिवकुमारी तिवारी सुवेदी चयन भएका छन् ।
कार्यक्रमका प्रमुुख अतिथि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव अजय कार्कीले कार्यक्रमको उद्घाटन गर्दै समाजले एकअर्कामा आपसी सहयोग आदान प्रदानमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलेको हुन्छ भन्दै समाजका हरेक गतिविधि निरन्तर संचालनको शुभकामना व्यक्त गरेका थिए ।
उक्त अवसरमा पोखरा महानगरपालिका वडा नं. २१ का वडाअध्यक्ष दिपकप्रसाद सुवेदी, कृस्ती पोखरा वचत तथा ऋण सहकारीका अध्यक्ष हस्तबहादुर थापा, समाजका संस्थापक अध्यक्ष श्रीबहादुर रानाभाट, सल्लाहकार झपिन्द्रराज रेग्मी, निवर्तमान अध्यक्ष पदमबहादुर थापा क्षेत्री, पोखरा महानगरपालिका सार्वजनिक लेखा समिति सभापति झपटबहादुर रानाभाटलगायतले वोलेका थिए । समाजकी अध्यक्ष मीना रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष उमानाथ सुवेदीले र संचालन सचिव पवित्रमणि भण्डारीले गरेका थिए ।





