पोखरा/कास्कीमा पछिल्लो समय साइबर अपराधका घटनाम पनि बृद्धि भएको प्रहरीको तथ्याङ्कले पुष्टि गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोगका २२० वटा उजुरी परेकोमा १११ जना महिला,९८ जना पुरुष, ७ जना नाबालिक र ४ जना बालक पीडित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यी तीन महिनामा विभिन्न अपराधका ४८१ वटा मुद्दा दर्ता भएका छन् ।
यो वर्ष परेका मुद्दाहरुमध्ये बैंकिङ कसुरकामात्र ४०.७३ प्रतिशत रहेका छन् । त्यसपछि सार्वजनिक तथा नैतिकताविरुद्धको कसुरका १८.६५ र जवर्जस्ती करणीका २.८८ प्रतिशत मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले बितेको ३ महिनाभित्र नियम उल्लंघन गर्ने २१ हजार १९२ वटा सवारी साधनलाई कारवाही गरेको जनाएको छ । माघ, फागुन र चैतमा गरिएको सो कारवाहीको क्रममा १ करोड ७७ लाख ९२ हजार राजश्व संकलन भएको पनि प्रहरीको भनाइ छ । यो अवधिमा भएका १७ वटा दुर्घटनामा परी १३ जनाको मृत्यु भएको पनि प्रहरीको भनाइ छ ।
प्रहरीले यो अवधिमा स्वरुप परिवर्तन गर्ने १ हजार १५८ वटा सवारी साधनलाई कारवाही गरेको छ । यस्तै कास्की प्रहरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा १४ जना विभिन्न दर्जाका प्रहरीलाई कारवाही र ७७ जनालाई पुरस्कृत गरेको छ ।





