पोखरा/पोखरा महानगरपालिका वडा नं २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रम अन्तर्गतको वडा नागरिक आरोग्य कार्यक्रम संचालनपूर्व सोमबारदेखि प्रारम्भिक घरधुरी सर्बेक्षण सुरु भएको छ ।
वडाध्यक्ष एवं पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाका अनुसार हेमजा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, कर्मचारी र महिला स्वास्थ स्वयंसेविकाहरु आरोग्य कार्यक्रमको लागि तथ्यांक संकलन र पुर्ण खोप अभियानका लागि खटिएका छन ।
यस कार्यक्रममा घरमै ब्लड प्रेसर, तौल , सुगर आदि परिक्षण गरिनुका साथै औषधि सेवन गरिरहेका व्यक्तिहरुले चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरे वा नगरेको जाँच गरि स्वास्थ्य परामर्श समेत गरिने छ। कार्यक्रममा ३ वटा क्लस्टर बनाएर स्वास्थ्यकर्मिहरु परिचालन गरिएको र सबै घरधुरीमा पुगि स्वास्थ सम्बन्धि सचेतना कार्यक्रम समेत संचालन गर्ने हेमजा स्वास्थ्य चौकीका प्रमुख कुस्मराज सुवेदीले जानकारी दिए





