शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

दुर्लभ वन्यजन्तुको मासुसहित पक्राउ

दुर्लभ वन्यजन्तुको मासुसहित पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८१, मंगलबार

पोखरा/ दुर्लभ वन्यजन्तु नाउर, झारलको जस्तो देखिने मासु र हड्डीसहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका–८का ६९ वर्षीय बोरबहादुर लामा छन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माका अनुसार लामाको साथबाट १० केजी मासु र हड्डी बरामद भएको छ । सोमबार राती ११ बजेर ४० मिनेटको समयमा वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएका प्रहरी टोलीले पोखरा–३० पावरहाउसमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामालाई थप अनुसन्धानका लागि वन कार्यालय कास्कीमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->