पोखरा/पोखरामा स्थापित रेडियो अन्नपूर्ण २३ वर्षमा प्रवेश गरेको छ । शान्ति र विकासको लागि संचार भन्ने नारासहित २०५८ साल वैशाख १२ गते रेडियोको स्थापना भएको थियो ।
देशमा अशान्ति, सही सूचनाको अभाव तथा विकास–निर्माणका काम अवरुद्ध भइरहेका बेला रेडियोले शान्तिको पक्षमा जनमत सिर्जना गर्न विशेष भूमिका निर्वाह गरेको थियो । हाल रेडियो अन्नपूर्णअन्तर्गत पब्लिक एफएम ९९.६ मेगार्हज र अनलाइन अन्नपूर्ण न्यूज पोर्टल पनि रहेका छन् ।
यसैबीच रेडियोले स्थापना दिवसको अवसरमा ‘लोकतन्त्र प्राप्तिको लागि रेडियोको भूमिका’ विषयक कार्यक्रममार्फत् पुराना कुरा सम्झिएको छ ।
बुधबार रेडियोले राखेको अन्तरसंवादमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री हरिबहादुर चुमानले नेपालको सन्र्दभमा रेडियोको भुमिका उच्च रहेको बताए । लोकतन्त्र र संघी गणतन्त्र ल्याउन रेडियोले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।
गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले खोजमूलक समाचार एब्म स्रोताको माग अनुसारका कार्यक्रमहरु सञ्चालन गर्दै रेडियोलाई जीवन्त राख्नुपर्ने बताए ।
अन्तरसंवादमा सहभागीहरु कांग्रेस नेता तथा पूर्वमन्त्री यज्ञबहादुर थापा, नेकपा एमालेका केन्दीय सदस्य कृष्ण थापा, गण्डकी प्रदेशसभा सदश्य वेदबहादुर गुरुङ, एमाले कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी, नेकपा माओवादी कास्की जिल्ला इन्र्चाज रामजी बराल, पोखराका मेयर धनराज आर्चाय, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेलगायतको सहभागिता थियो ।





