शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

डढेलोको असर वायुमण्डलमा, स्वास्थ्यमा अतिसारो नोक्सान

डढेलोको असर वायुमण्डलमा, स्वास्थ्यमा अतिसारो नोक्सान


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०८१, शनिबार

पोखरा/‘दिनभर फ्लाइट स्टाटस हेरि एयरपोर्टको बास । अब रात्री बसमा । हैट कस्तो अन्तर्राष्ट्रिय एअरपोर्ट पायौं हामीले ।’
यो पोखरेली नागरीकले लेखेको आम यात्रुको समस्या हो । शुक्रबार पोखराबाट काठमाडौंका लागि हवाई मार्फत जान लागेका पोखरा सञ्जयकान्त सिग्देलले लेखेको स्टाटस हो । नेपाली क्रिकेटका अन्तर्राष्ट्रिय अफिसियल सिग्देल शनिबार हुने नेपाल र वेष्ट इन्डिजको खेलका लागि काठमाडौं जान हवाई टिकट बुक गरेका थिए । विहानै देखी जहाज नचल्ने भएपछि साँझमा जाने आशामा थिए तर, सम्भव भएन । उनी प्रतिनिधी पात्र मात्रै हुन उनी जस्ता हजारौं यात्रु (स्वदेशी÷विदेशी) पोखराबाट काठमाडौं र काठमाडौंबाट पोखरा आउने तालिका तय भएपनि पछिल्ला केहि दिन जहाज चल्न सकेको छैन् । जहाज नचल्दा विमानबाट जान चाहने यात्रुले रात्री बसकै प्रयोग गरि आवत जावत गरिरहेका छन् । कारण हो अस्वस्थ मौसम । पछिल्लो समय पोखराको मौसम धुवाँ र तुवालोले ढाकेको छ । तापक्रममा वृद्धि भएको छ । जथाभावी वनजंगलमा डढेलो लगाउँदा त्यसको प्रभाव सगम्र वायुमण्डलमा परेको छ । डढेलोके कारण वायुको अवस्था अस्वस्थ छ ।
वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार सबैभन्दा बढी प्रदूषित सहर पोखरा बनेको थियो । विभागले पछिल्लो पटक अध्यावधिक गरेको तथ्यांकअनुसार पोखराको एक्युआई १९३ मापन गरेको थियो । काठमाडौंलाई पछि पार्दै पोखरा सबैभन्दा प्रदुषित शहर बनेको थियो । काठमाडौंको शंखपार्कमा भएको वायु गुणस्तर मापन केन्द्रले १८३ एक्युआई मापन गरेको थियो । पोखरा पर्यटक परिषदका महासचिव समेत रहेको सिग्देल भन्छन्, ‘हामी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो भनेर खुसी भएका थियौं तर, सामान्य मौसममा समेत उडान हुन सक्दैन डोमेस्किट एयरपोर्ट जस्तै भयो ।’
गण्डकी प्रदेशको वन निर्देशनालयको बिहिबारसम्मको तथ्यांक अनुसार प्रदेशका २४९ ठाउँमा डढेलो लागेको छ । सबैगरि ३२ सय २९ हेक्टर वनक्षेत्र आगलागीले ध्वस्त भईसकेको छ । कतिपय ठाउँको डढेलो अझै नियन्त्रणमा छैन । कास्की, म्याग्दी, स्याङजा, बागलुङ लगायतका जिल्लामा यो वर्ष बढी डढेलो लागेको छ । हिमाली जिल्ला मुस्ताङ बाहेक प्रदेशका १० जिल्लाको वन क्षेत्रमा डढेलो लागेको छ ।


डा. बुद्धि थापाका अनुसार यो विशेष गरी दमका रोगीहरुका लागि निकै खतरा रहेको बताए । अहिलेको अवस्थाले फोक्सोमा असर गर्ने हुँदा सबै सचेत हुनुपर्ने उनले बताए । ‘यस्तो अवस्था पहिला थिएन । निकै विरक्त लाग्दो भएको छ । क्लाइमेट चेन्ज भइरहेको छ । यसले फोक्सोमा सिधैँ असर गर्छ’ उनले भने, ‘विशेष गरी दम, खोकी र दीर्घ रोगीलाई असर गर्छ । नहुनेलाई पनि नयाँ नयाँ रोग लाग्छ ।’ त्यो बाहेक आँखा पोल्ने, शरीर चिलाउने, बढी गर्मी हुने उनले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी महाप्रबन्धक नविना कर्माचार्यले शनिबार पनि सबै फ्लाइट बन्द भएको बताइन् । उनका अनुसार पोखराको मौसममा आएको खराबीले विमानस्थल सञ्चालनमै समस्या देखिएको छ । पोखरामा जहाजका उडन एक हजार ६ सय र अवरतणका लागि तीन हजार सात सय मिटरको भिजिविलिटी आवश्यक पर्दछ । पछिल्लो समय यहाँको भिजिविलिटीमा निकै ह्रास आइरहेको छ । ‘यो मौसमले विमानस्थललाई त घाटा भएकै छ, यात्रुहरुले समेत सास्ती खेप्न बाध्य भइरहेका छन् ’ उनले भनिन् ।
आनन्दराज मुल्मीले मौसममा देखीएको खराबीको बारेमा प्राविधिक रुपमा हेरिनुपर्ने भएतापनि पोखराको सवालमा पुराना बस, मिनी टिपर, ध्वनी प्रदुषण तथा जथाभावी फोहोर जलाउनु समेत कारण रहेको बताए । उनका अनुसार बढ्दो शहरीकरणले समेत पोखराको मौसममा ठूलो प्रभाव पारेको छ । ‘यसको पछाडीको कारण पोखरामा गुड्ने बस, बालुवा लैजाने मिनी टिपर, आवाज निकाल्ने मोटरसाइकलले पनि सहयोग पुर्याएकै छ । फोहोर उठन पनि सघाउ पुर्याएको मात्र हो । वन जंगलको हिफाजत गर्न सकिरहेका छैनौं । व्यवस्थापन गर्न नसक्दा प्रदुषण बढेको हुन सक्छ’ उनले भने, ‘स्थानीय निकायले हेर्ने कुरा यहि हो । सावरी साधनको कारण पनि हो । जबसम्म निरन्तर चल्छ यस्ते हुन्छ । नियमन गर्न ध्यान नपुगेको हो की वा महसुस नभएको हो उनीहरुलाई नै थाहा होला । तर, यसको अवस्था गम्भिर छ स्वास्थ्यसँगै आर्थिक क्रियाकलापमा प्रभाव परिरहेको छ ।’ पोखरा उपत्यका क्षेत्र भएकाले तुवालो लाग्नु सामान्य कुरा हो । बढ्दो सहरीकरणसँगै हिजो रहने तुवाले र आज रहने तुवालोमा भने आकाश जमिनको अन्तर छ । हिजोको तुवाले केहि घण्टामै उडेर जाँदा आजका तुवालो केहि दिनसम्म पनि यथावत रहिरहन्छ । यसको अर्थ हो आज जसरी देखिएका तुवालो छन ती प्रदुषित छन् । आजभन्दा एक दुई दशक अघि मौसममा खराबी आयो भने धार्मिक विधिबाट विभिन्न कार्य गरि पानी पार्न खोजिन्थ्यो त्यो कुरा आजका पिढिँले बिर्सिसकेका छन् । पोखरामा मात्रै नभई समग्र देशको वायु प्रदुषण बढिरहँदा समेत राज्यले वेवास्था गर्नु नागरीकको स्वास्थ्यमाथि खेलवाड गर्नु हो ।


हेर्दा प्राकृतिक प्रकोप देखिएपनि यो मानवद्धारा निर्मित प्रकोप भएको मुल्मी बताउँछन् । उनका अनुसार प्राकृतिक प्रकोपको नियन्त्रण गर्न नसकिएपनि त्यसलाई न्युनिकरण गर्नका लागि अधिक कार्यहरु गर्न सकिन्छ । अर्थात कालो धुँवा फाल्ने सवारी कारवाहि, फोहोर व्यवस्थापन, बन जंगलको व्यवस्थापन गर्न अत्यावश्यक छ । पछिल्लो समय पोखरामा आएको खराबीले अन्तर्राष्ट्रिय विमानस्थललाई समेत निकै प्रभाव पारेको मुल्मीको भनाई छ । मुल्मीका अनुसार पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न नसकिएपनि आन्तरिक उडानमा यत्तिको मौसमा समेत उडान नहुनु विमानस्थल निर्माणको पछाडी भएको भ्रष्टचार हो । ‘उडान बन्द भएको धेरै भयो । भिजिविलिटी पुगेन भन्छन् । काठमाडौंको स्तर जुन हो त्यहि स्तर पोखराको पनि हो तर, यहाँ अन्तर्राष्ट्रिय उडान हुँदैन । विमानस्थल निर्माण गर्दा नै १५ सय मिटरसम्म भिजिविलिटी विनै उड्ने बनाउनुपर्ने त्यो भएन । तर, पोखरेलीको आखाँमा छारो हाल्ने काम गरियो । विमानस्थल निर्माणको क्रममा नागरीक उड्डयन प्राधिकरण र सरकारले पारदर्शीता देखाउन सकेनन् । देशको सबैभन्दा ठूलो भ्रष्टचार भएको यहि आयोजना हो’ उनले भने, ‘नेपालकै छबी खराब भएको छ । अझ चीनिया दुतावासले भ्रष्टचारको मुद्धा नलगाउन दबाब दिईरहेको छ । भ्रष्टचारको दलदलमा फसेको यहि एयरपोर्टबाट देखिएको छ । भोलि पिडित नेपाल हुनेछ । हामीले ऋण तिर्न नसक्ने अवस्था आउनेछ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->