शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

इलाम २ मा कांग्रेस र बझाङ १ (१) मा एमालेको सुरुवाती अग्रता

इलाम २ मा कांग्रेस र बझाङ १ (१) मा एमालेको सुरुवाती अग्रता


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०८१, आइतबार

पोखरा/शनिवार सम्पन्न उपनिर्वाचनको आइतबार सुरु मतगणनाको प्रारम्भिक नतिजा अनुसार इलाम(२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् ।

इलाममा खड्काले ११५५ मत पाएका छन् । एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाए । पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिं थेगिमले ३१३ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार लिम्वु भने २०९ मतसहित चौथो स्थानमा पुगेका छन । इलाममा शनिवार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।

बझाङमा भने एमालेका भण्डारीले ७५७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३८० र माओवादी केन्द्रका जनकबहादुर बुढाले २२६ मत पाएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->