पोखरा/इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । नेम्वाङले दुई हजार ५ सय ४२ मत पाएका छन् भने कांग्रेस उम्मेदवार डम्बर खड्काले दुई हजार १९७ मत पाएका छन् ।
त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छन् ।
यसैगरी, बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निरन्तर अगाडि छन् । ५७१९ सदर मतमध्ये भण्डारीले २०८८ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १३७२ मत पाएका छन् ।
तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १२९१ मत पाएका छन् ।





