शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

गण्डकी सरकारबिरुद्धको रिटकाे सुनुवाइ आज

गण्डकी सरकारबिरुद्धको रिटकाे सुनुवाइ आज

न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेशी


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८१, सोमबार

पोखरा/एमाले नेता खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरिएको बिरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा आज फेरी सुनुवाई हुदै छ । यही बैशाख १० गते बहस नसकिएपछि उक्त रिट निवेदन हेर्दाहेर्दैमा राखेर आज पेशी तोकिएको थियो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा उक्त रिटको पेशी परेको छ । बैशाख १० गते पनि उक्त रिट यिनै दुवै न्यायाधीशको इजलाशमा परेको थियो । । आज बहस सकिए आजै नभए भोली मंगलबारसम्ममा यस रिटको संक्षिप्त आदेश आउन सक्ने संभावना रहेको छ ।

निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अधिकारीको नियुक्ति असंवैधानिक भन्दै प्रदेश प्रमुख डिल्लीराज भट्ट विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । गत चैत २५ मा अधिकारीको नियुक्ति भएपछि त्यसको पर्सीपल्ट चैत २७ गते मंगलबार पाण्डेले सर्वोच्चमा रिट दिएका थिए । रिटमा अधिकारी सरकार गठनलाई बदरको माग गरिएको छ । चैत २८ मा न्यायाधीश विनोश शर्माको एकल इजलासले अधिकारी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश गरेको थियो । उक्त इजलासले ७ गते लिखित जवाफ दिन पनि भनेको थियो । सोही अनुसार लिखित जवाफ पेश भइसकेको छ ।

बैशाख १० मा रिट निवेदक पाण्डेका तर्फबाट यदुनाथ खनाल, राधेश्याम अधिकारी,सीताराम केसी, हरिहर दाहाल, चिरन्जीवी शर्मा पौडेल, प्रेमबहादुर खड्कालगायतले बहस गरेका थिए । मुख्यमन्त्री अधिकारीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमणकुमार श्रेष्ठ, रमेश बडाल, टीकाराम भट्टराई, श्रीकान्त बराल, ईश्वरी भट्टराई, सानुराज पोखरेल, कृष्णभक्त पोखरेल, महेश नेपाल र गण्डकीका मुख्य न्यायाधिवक्ता कृष्णप्रसाद अधिकारी र अधिवक्ता गुरुभक्त निरौलालगायत २८ जनाले बहसका लागि वकालतनामा परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->