शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

बझाङ प्रदेशसभा १ मा एमालेका भण्डारी विजयी

बझाङ प्रदेशसभा १ मा एमालेका भण्डारी विजयी


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८१, सोमबार

पोखरा/बझाङको प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत पाए । माओवादीक केन्द्रका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याए ।

शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ मत खसेको थियो । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभा सांसद पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह पृथ्वीबहादुरका छोरा हुन् ।

२०७९ को निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत ल्याएर विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->