शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

गण्डकीमा मुख्यमन्त्री अधिकारीलाई सहयोग गर्न राप्रपा ‘सकारात्मक’

गण्डकीमा मुख्यमन्त्री अधिकारीलाई सहयोग गर्न राप्रपा ‘सकारात्मक’


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८१, मंगलबार

पोखरा / मुख्यमन्त्री खगराज अधिकारी नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि गण्डकीमा अहिलेकै सरकारलाई सघाउन राप्रपा सकारात्मक देखिएको छ ।

सर्वोच्चको फैसलाअघि कुनै पनि सरकारलाई नसघाउने बताएको राप्रपाले अब भने गण्डकीमा अधिकारी नेतृत्वलाई सघाउने बताएको छ । यसअघि नै खगराज सरकारमा मन्त्री बनेका राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले अहिलेको सत्ता गठबन्धनलाई सहयोग नगर्ने केन्द्रको निर्णय गण्डकी प्रदेशको हकमा लागु नहुने बताए ।

‘अहिलेको सत्ता गठबन्धनलाई साथ नदिने निर्णय केन्द्रका लागि हो, प्रदेशका लागि होइन । अब अदालतले नै यो सरकारलाई वैध भनेपछि हामीलाई समर्थन गर्ने बाटोसमेत खुलेको छ’, तमुले भने, ‘सरकारमा सहभागी हुने/नहुने केन्द्रसँगको छलफलबाट टुंगो लाग्छ । तर, यही सरकारलाई समर्थन गर्न अब अप्ठेरो छैन ।’

सभामुखलाईसमेत गणना गर्दै मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २९ चैतमा हालेको रिट सोमबार सर्वोच्चले खारेज गरेको थियो । अदालतले पाण्डेको रिट खारेज गर्दै मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत लिने अवसर दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->