पोखरा/सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीले सोमबार पोखरामा जलउत्पन्न प्रकोप तथा खाँेचमा गरिने उद्धारको कृत्रिम नमूना अभ्यास गरेको छ ।
अभ्यासमा मुक्तिनाथ बाहिनीअन्तर्गतका विभिन्न गण तथा गुल्महरुमा कार्यरत विपद् उद्धारकहरु एवं कालिका गणमा रहेका विशेष गोताखोर टोलीले भाग लिएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराका बाहिनीपति डिआइजी कालीदास धौवजीका अनुसार विपद् उद्धारकहरुको क्षमता अभिवृद्धि गर्न तालिम आयोजना गरिएको हो ।
कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले तालिमले उद्धारकहरुमा आत्मबल बढ्ने र निखारपन आउने बताए ।





