शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

होमस्टे महासंघ गण्डकीको प्रशिक्षक प्रशिक्षण

होमस्टे महासंघ गण्डकीको प्रशिक्षक प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८१, मंगलबार

पोखरा/होमस्टे महासंघ गण्डकीको सात दिने प्रशिक्षक प्रशिक्षण पोखरामा सुरु भएको छ । प्रशिक्षणको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।
सो अवसरमा होमस्टे महासंघका केन्द्रिय उपाध्यक्ष थानेश्वर बस्याल, महासंघकै केन्द्रीय महासचिव कृष्णलाल चौधरी, होमस्टे महासंघ गण्डकीका सचिव कृष्ण तिमिल्सिना, भुम्दी आमा समूहकी अध्यक्ष राधा गुरुङ, भुम्दी टुनार सामुदायिक होमस्टेका अध्यक्ष राम गुरुङसहितले मन्तव्य व्यक्त गरेका थिए ।
होमस्टे महासंघ गण्डकीका अध्यक्ष धनिराम गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन खनाल र संचालन होमस्टे महासंघ गण्डकीका निबर्तमान अध्यक्ष हरिलाल पौडेलले गरेका भुम्दीका स्थानीय होमस्टे संचालक याम गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->