पोखरा/मानव अधिकार तथा कैदी बन्दी न्यायीक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।
मञ्चको हालै वसेको केन्द्रीय कमिटिको सर्वसम्मत निर्णयबाट गुरुङलाई केन्द्रिय सदस्यमा मनोनित गर्नुका साथै कास्की शाखा गठनको जिम्मेवारी समेत प्रदान गरेको छ ।
मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल मानव अधिकारको पूर्ण संरक्षणका लागि स्थापित गैर नाफामूलक, गैरराजनितिक गैरसरकारी संस्थाको रुपमा स्थापना भएको हो ।
केन्द्रीय सदस्यमा मनोनित भएका नलबहादुर गुरुङले छिट्टै कास्की जिल्ला गठन गरी कारागारमा रहेका कैदी बन्दीहरुको न्याय प्रदान गर्दै उनीहरुको हकहितका लागि कार्य गर्ने बताए ।





