पोखरा/नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले सोमबारबाट विद्यार्थी लक्षित लिडर प्रोजेक्टअन्तर्गतको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । १२ दिने प्रशिक्षणमा ४० जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।
क्यानाडास्थित वेस्टर्न विश्वविद्यालयसँगको सहकार्यमा आइभी बिजनेश स्कूलका विद्यार्थीद्धारा संचालित ‘लिडर प्रोजेक्ट’ ले प्रशिक्षणमार्फत् उद्यमशिलता विकास गराउने लक्ष्या लिएको एनवाइइएफ पोखराका सदस्य निकेश द्धाले बताए ।
प्रशिक्षणमा सहभागीहरुले सोही उपक्रममा आफ्नो बिजनेश योजनाहरु पनि प्रस्तुत गर्नेछन् । उत्कृष्ट योजनालाई प्रोत्साहन स्वरुप नगद ५० हजार प्रदान गरिने मञ्चका अध्यक्ष निरन केसीले जानकारी दिए ।
आईभि बिजनेश स्कुलले अन्तराष्ट्रिय स्तरमा नेपाल लगायत अन्य सात वटा देशहरुमा पनि आफ्ना विद्यार्थीहरु ‘लिडर प्रोजेक्ट’ मार्फत प्रशिक्षकका रुपमा पठाउने गरेको छ ।
‘लिडर प्रोजेक्ट’ को अन्तिम चरणमा, कार्यक्रमका सहभागीहरुले
नेपाल युवा उद्यमी मञ्चको मूल मान्यताहरु र कार्यक्रमको लक्षलाई प्रभावकारी बनाउनको निमित्त ‘लिडर प्रोजेक्ट’ का मुख्य प्रायोजकहरु पोखरा फाइनान्स लिमिटेड, ग्रीन डेवलपमेंट बैंक लिमिटेड र हिमालयन एभरेस्ट इन्सुरेन्स रहेकाछन । यसै गरी सह–प्रायोजकका रुपमा कार्यक्रमलाई सफल बनाउन नेपाली युवा उधमी मञ्च पोखरा च्यापटरको विभिन्न क्षेत्रका ३२ युवा उधमीहरुले आ–आफ्नो कम्पनी अन्तर्गत सहयोग प्रदान गरेको मञ्चका कोषाध्यक्ष सिए बिबेक श्रेष्ठले जानकारी दिए ।





