शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

विश्वासको मत लिनुअघि मुख्यमन्त्री अधिकारी काठमाडौं

विश्वासको मत लिनुअघि मुख्यमन्त्री अधिकारी काठमाडौं


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८१, बुधबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी आज बुधवार काठमाडौं गएका छन । प्रदेशसभाबाट यही बैशाख २४ गतेभित्र विश्वासको मत जुटाउने प्रक्रियामा लागेका उनी पार्टी र गठबन्धन नेतृत्वसंग आवस्यक छलफलकालागि काठमाडौं लागेका हुन ।

सर्वोच्च अदालतले सोमबार विपक्षी नेपाली कांग्रेस संसदीय दल गण्डकीका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीको नियुक्ति अवैधानिक रहेको र ठूलो दलको हैसियतले आफूलाई नै मुख्यमन्त्री नियुक्त गरियोस् भन्ने रिट खारेज गरिदिएपछि राहतको श्वास फेरेका अधिकारी अहिले विश्वासको मत लिने प्रक्रियामा छन । न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले पाण्डेको रिटसँगै अन्तरिम आदेश खारेज गरेर संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत लिने बाटो पनि खोलिदिएको छ । त्यतिमात्र नभएर सर्वोच्चले सभामुखलाई प्रदेश सांसदभन्दा अलग्याएर प्रदेशसभाको संख्या नै ५९ भएको पनि जनाएपछि अधिकारीलाई राहत मिलेको हो । उनले एमालेका २२, सभामुखसहित माओवादीका ८, स्वतन्त्र सांसद दीपक मनाङेसहित ६० सदस्यीय संसदमा ३१ जनाको बहुमत दाबी गरेका थिए । तर, सभामुखलाई संसद सदस्य नमान्ने आशयको आदेश दिँदै सर्वोच्चले भनेको छ,‘सभामुखलाई गणना नगर्दा पनि दलहरूको समर्थनमा माननीय खगराज अधिकारीको बहुमत प्राप्त गर्न सक्ने दाबी समर्थित देखिन्छ ।’

यसको अर्थ सभामुखलाई प्रदेशसभा सदस्य नै नगन्ने र प्रदेशसभा सदस्य संख्या ५९ कायम हुँदा ३० ले बहुमत पुग्ने फैसला गर्दै सर्वोच्चले अधिकारीलाई सरकार टिकाउनमा सहयोग गरेको छ ।
विश्वासको मत जुटाउन अधिकारी नेतृत्वको सरकार अहिले निरन्तर रुपमा राप्रपासंग छलफलमा छ । राप्रपा गण्डकी प्रदेशसभाका संसदीय दलका नेता पंचराम गुरुङले हिजो मंगलबार मुख्यमन्त्रीसमक्ष भेटघाटसमेत गरेका थिए । पहिला चैत २७ गतेसम्म आन्दोलन र पछि अदालतमा रिट निवेदन परेको भन्दै अनिर्णित राप्रपा अव भने कसको पक्षमा उभिने वा नउभिने भन्ने निर्णय गर्नैपर्ने अवस्थामा पुगेको छ । ‘ठूलाबडाहरु काठमाडौंमा बस्ने भएकाले मुख्यमन्त्री उनीहरुसंग आवस्यक भेटघाट र छलफलकालागि जानु भएको हो’ स्रोतले भन्यो, ‘राप्रपा नेतृत्वसंग पनि छलफल भइरहेको छ ।’

माओवादीको चुनाव चिन्हबाट निर्वाचन जितेका गोरखाका फणिन्द्र देवकोटा पनि अधिकारी सरकारप्रति सकरात्मक नै रहेका छन । उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको सांसद रहदै आएको बताए पनि कानुनी रुपमा माओवादी संसदीय दलकै सदस्यको हैसियतमा रहनु पर्ने भएकाले समस्यामा परेका छन । उनले पनि विभिन्न बार्गेनिङ गरिरहेको स्रोतहरुले जनाएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->