शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

प्रदूषण गर्ने सवारीलाई कारवाही

प्रदूषण गर्ने सवारीलाई कारवाही


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८१, शुक्रबार

पोखरा/पोखरामा कालो धुँवा फाल्ने थप सवारी साधन कारवाहीमा परेका छन् ।
यातायात ब्यबस्था कार्यालय कास्की, पोखरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रुपमा खटिएको टोलीले प्रदूषण अनुगमन एवं चेकजाँच गर्ने क्रममा डिजेलबाट संचालित ३५ वटा सवारी साधनहरुलाई चेकजाँच गर्दा ३० वटा सवारी साधन मापदण्ड बिपरित पाइएको जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि सुरु गरेको अभियानअन्तर्गत बिहीबार ११ वटा सवारी साधनलाई कारवाही गरेको हो । कारवाहीमा परेमामध्ये ९ वटाको सवारी जाँचपास नै फेल भएको पाइएको कास्की प्रहरीका निमित्त सूचना अधिकृत तिलक मानन्धरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->