शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पोखरा किन धुम्म, कहिले पर्ला पानी ?

पोखरा किन धुम्म, कहिले पर्ला पानी ?


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८१, शनिबार

पोखरा/नाङ्गो आँखाले ८ हजार मिटर अग्लो हिमाल हेर्न पाइनु समुद्र सतहबाट ८८४ मिटर उचाइमा रहेको पोखराको विशेषता हो । पोखराबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हावाको दूरी नाप्ने हो भने करिब ३५ किलोमिटर जति टाढा छ । प्रसिद्ध भूगोगविद टोनी हागनका अनुसार ६ हजार ७८७ मिटर अग्लो माछापुच्छे त पोखराबाट जम्माजम्मी २५ किलोमिटरकै दूरीमा छ । पूर्व–पश्चिम ४५ तथा उत्तर–दक्षिण चौडाइ ८ देखि १० किमी रहेको पोखरा उपत्यका नदी, बेँसी र टारहरुको संगम स्थल पनि हो । कोत्रेखोलादेखि फुर्सेखोला, विजयपुरदेखि हेम्जा–सुइखेत, लामाचौंर, पुरन्चौरदेखि भुर्जुङखोला,लाहाचोक, घाचोक, मर्दिखोला, कृस्ती, बौमारा, रिसिङ, घिरिङसम्म फैलिएको यो उपत्यकामा हतपति गर्मी हुँदैनथ्यो । तापक्रम ३३–३६ डिग्री सेल्सियसभन्दा माथि जानासाथ साँझ पानी परिहाल्थ्यो । पानी परेपछि चल्ने चिसो सिरेठोले ज्याकेट लगाउन बाध्य पाथ्र्यो ।

कृषिविद डा. अनिल सुवेदी
यो कृषिविद डा. अनिल सुवेदीको अनुभव हो । लामो समय लुम्ले कृषि अनुसन्धान केन्द्रमा बिताएका डा. सुवेदीले हेर्दाहेर्दै पोखरा बदलिएको छ । वातावरण विभागले शुक्रबार अद्यावधिक गरेको विवरण अनुसार पोखराको वायु प्रदूषण एक्युआई १९३ रहेको छ । यो भनेको काठमाडौंपछिको बढी प्रदूषित हो । लामो समयदेखि पोखरामा पानी परेको छैन । मध्य फागुन अर्थात् १४ गते बिहान हल्का वर्षा र त्यसको केही दिनपछि पानी छिट्याए पनि धुलो मर्ने गरी पानी परेकै छैन । पोखरामा किन पानी परेन त ?
डा. सुवेदी भन्छन्– यो हामीहरुको जुन खाल्डो (पोखरा) मा ताल–तलैया, सिमसार,खोला प्रसस्तै छन् । यी जलाययबाट वाष्पीकरण भएर पानी वायुमण्डलमा जान्छ । माथि गएपछि बादलबाट वर्षा हुनुपर्ने हो । तर, अहिले विज्ञानलाई चुनौती दिइरहेको छ । पानी कहाँ गयो त ? यतिबेला धुलो र धुँवाले वायुमण्डल पनि सुख्खा भएको छ । गएको वाफ त्यहीँ सुक्यो । अहिले त वायु मण्डल नै सुकेजस्तो छ । आकासमा पानीका कणहरु हुन्थे । ती हराएका छन् । केही न केही रुपमा विश्वव्यापी रुपले देखिएको जलवायु परिवर्तनको प्रभाव यहाँ पनि देखियो । यसो हुनुमा डढेलो मुख्य कारण हो । अर्कोतर्फ,पृथ्थी राजमार्ग निर्माणाधीन छ । अन्य निर्माणका कार्य पनि भइरहेका छन् । प्रदूषण बढेको छ । यस्तै पानी पार्ने पश्चिमी वायु पनि चलेको छैन । पूर्वी वायू प्रि–मनसुनको बहाव पनि यो वर्ष भएन । त्यसबाट पनि असर परेको हो । पोखराभन्दा बाहिरको हिन्द महासागर, बंगालको खाडी जुन हावा त्यहाँबाट जलप्रवाहसहित हावाले पानी पाथ्र्यो, त्यो पनि आएको छैन । बंगालको खाडी र त्यसभन्दा परबाट मौषमी जलप्रवाह रोकिएको छ ।
अर्कोतर्फ पोखराको उत्तरी क्षेत्रमा उच्च हिमाली क्षेत्र रहेको छ । अन्नपूर्ण रेन्जले उत्तरबाट आउने हावालाई रोकिराखेको छ । उत्तरबाट बहने हावा नआउने अनि यहाँबाट उत्पन्न भएको धुँवा र धुलो उडेर जाने ठाउँ भएन । आकासमै रह्यो । जसले गर्दा प्रदूषण बढायो । पोखरा वरपर डाँडाहरु छन् । डाँडाहरुले प्राकृतिक रुपमै हावा शुद्ध बनाउने काम गर्छन् । कार्वन डाइअक्साइड उत्सर्जनमा सघाउँछन् । तर, पोखरा वरपर भएका डाँडाहरुमा वनभन्दा बस्ति छ । काठमाडौंमा पनि हुन त त्यस्तै हो तर काठमाडौंको उचाइ बढी छ । जनसंख्या धेरै भएकाले मात्र हो नत्र काठमाडौंको हावा वास्तवमै शुद्ध हो नि, उचाइको कारणले ।

प्रा. डा. विनोद हेज्यू
पोखरा वन विज्ञान अध्ययन संस्थान पोखराका प्रमुख प्रा. डा. विनोद हेज्यू पनि डा. सुवेदीको भनाइमा सहमत छन् । पोखरामा लामो समयसम्म पानी नपर्नु नै आश्चर्य अनि अध्ययनको विषय भएको उनको भनाइ छ । लामो समयसम्म पानी नपरेकोमा उनी पनि आश्चर्यचकित छन् ।
उनी भन्छन्– सामान्यतयाः यस्तो अनुभव थिएन । जलवायु परिवर्तनले देखाएको लक्षणसँग मिल्दोजुल्दो छ । वैशाख लागेपछि पानी पथ्र्यो । तर, यो पटक त्यस्तो भएन । जलवायु परिवर्तनले नै यस्तो भएको होला तर त्यस्तो कुरा ठ्याक्कै भन्नुभन्दा पनि लामो डेटा हेरेर भन्ने हो । पछिल्लो समय यहाँ वर्षा भए पनि अप्रत्यासित खालको हुने गरेकै छ । लामो समय नपर्ने अनि कहिले एक्कासी पर्ने । डढेलो पनि वातावरण बिगारेको छ । धुँवाले गर्दा, यो समस्या देखिएको हो । कार्वनको कारण त छँदैछ । भ्याली भनेपछि कचौरा आकारको नै हुने भयो । पानी नै प¥यो भने प्रदूषण डाउन हुने हो नभए यस्तै रहने भयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->