पोखरा/पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ ।
महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले विश्व मजदुर दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मानित गरेको हो ।
सम्मानित हुनेहरुमा श्रमिक तथा स्वरोजगार मजदुर रहेका महानगरको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
सम्मानित हुनेमा मंगली परियार, कमलबहादुर पुलामी, धनप्रसाद उपाध्याय, रिता कार्की, विष्णुमाया श्रेष्ठ, मुक्ति पाण्डे, तीर्थराज मगर, चन्द्र प्रसाद गुरुङ, चन्द्रकला रानाभाट, इन्द्रबहादुर गुरुङ, दिलबहादुर तुलाधर, महिमा शाही, प्रेमबहादुर कुमाल, दलबहादुर मगरलगायत रहेका छन् ।
विभिन्न टे«ेड युनियनहरुको सिफारिसमा उनीहरुलाई सम्मानित गरिएको हो । श्रम र श्रमिकको सम्मान गर्ने परिपाटीको विकास गर्न यस्तो अभियान थालिएको सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछानेले जानकारी दिए । उनले महानगरले मजदुरहरुको तथ्याङ्क संकलन, उनीहरुलाई न्यूनतम ज्याला र रोजगारीको ग्यारेण्टीका योजनाहरु बुनेको पनि सुनाए ।
मजदुर दिवसकै सन्दर्भमा महानगरले शुक्रबार औद्योगिक श्रम सम्बन्ध सुधारमा पालिकाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना ग¥यो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले मजदुरको अधिकार रक्षाको लागि निजी क्षेत्र गम्भीर रहेको बताए ।
न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धतालगायतका विषयमा यसअघि नै सहमति कायम भएको बताउँदै उनले मजदुर र रोजगारदाताबीच असल सम्बन्ध जरुरी रहेकोमा जोड दिए ।
कार्यक्रममा पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यामनाथ तिमिल्सिना,संयुक्त टे«ड युनियन समन्वय केन्द्र गण्डकीका संयोजक मुरारी शर्मा, जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्री, अखिल नेपाल टे«ड युनियन महासंघ गण्डकीका अध्यक्ष टंक पौडेल, पृथ्वी राजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी, टे«ेड युनियन कांग्रेस कास्कीका अध्यक्ष कमल सापकोटा, एकीकृत टे«ड युनियन महासंघ गण्डकी अध्यक्ष तीलबहादुर विश्वकर्माले. मन्तव्य व्यक्त गरेका थिए ।





