पोखरा/ गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सभामुख कृष्ण धिताललाई दलीय पक्षधरता नलिन आग्रह गरेका छन् ।
प्रदेशसभामा आइतबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रमको प्रस्तावमाथिको छलफलमा बोल्दै पाण्डेले ‘सभामुखले निर्णय गर्दा संविधानको ख्यालर राख्न भनेका हुन । ‘सभामुख भनेको कुनै दलीय पक्षधरता नलिने हो, तटस्थ बस्नुपर्छ । मेरो अनुरोध छ, यहाँ पनि तटस्थ बस्नुहोला’ पाण्डेले भने, ‘हामीले भनेको अटेर गरेमा कुनै दिन माननीय सभामुखले यो रोष्ट्रमको कठघरामा उभिएर जवाफ दिनुपर्ने दिन पनि आउन सक्छ ।’ पाण्डेले प्रदेशसभाको अवधि अझै साढे ३ वर्ष रहेको स्मरण गर्न भन्दै सदन कसरी चल्छ हेर्नुपर्छ भन्दै अदालत जाने कुरा सामान्य रहेको बताए ।
सर्बोच्च अदालतले सभामुखविनै अधिकारी सरकारको पक्षमा बहुमत भएको भनेपछि अहिले सत्तासीन पार्टीले ६० सदस्यी प्रदेशसभामा ३१ नभई ३० सांसद भए बहुमत पुग्ने व्याख्या गरिरहेको अवस्थामा पाण्डेले यस्तो बताएका हुन । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ । नेकपा एमालेसँग २२ र नेकपा माओवादी केन्द्रसँग ७ प्रदेशसभा सदस्य छन् । माओवादीबाट निर्वाचित धिताल सभामुखको भूमिकामा छन् । सत्ता गठबन्धनमा स्वतन्त्र सांसद दीपक मनाङे पनि छन् ।
पाण्डेले प्रदेशसभामा २७ सांसदसहित कांग्रेस ठूलो दल रहेको तर कांग्रेसलाई नजर अन्दाज गर्दै आइरहेको भन्दै नजरअन्दाज गरिरहे संसदको साढे ३ वर्ष कसरी चल्छ आफुहरुले हेर्ने बताए ।





