पोखरा/ गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावमाथि मत विभाजन सुरु भएको छ । सभामुख कृष्ण धितालले प्रस्तावको पक्ष र विपक्षमा मत दिन निर्णायर्थ प्रस्तुत गरेका छन । सांसदहरुले विश्वासको मतको पक्ष र विपक्षमा दस्तखतसहित मत विभाजन गर्नेछन ।





