शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

सामूहिक बलात्कार पीडितलाई ८ वर्षपछि न्याय

सामूहिक बलात्कार पीडितलाई ८ वर्षपछि न्याय

१० वर्षपछि एकजना अपराधी पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८१, सोमबार

पोखरा/२०७१ साल असार ६ गते साँझ पोखरा १५, शिवशक्ति टोल नजिकको क्रान्तिकारी टोल नजिकै एक ४२ वर्षीया महिलालाई ४ पुरुषले बाटो छेके । धाक–धम्की दिए,घेराबन्दीमा पारे र सामूहिक बलात्कार गरे । पीडत महिलाको जाहेरीको आधारमा मुद्दा अगाडि बढ्यो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार कास्की जिल्ला अदालतले २०७९ सालको असोज २३ गते ती चारै जनाविरुद्ध ११ वर्ष कैद, २५ हजार जरिवाना र पीडित राहत कोषमा २ हजार २ सय रुपैयाँ जम्मा गर्ने फैसला ग¥यो । पीडकहरु फरार भए ।
फैसला कार्यान्वयनको क्रममा कास्की प्रहरीले अपराधीहरुमध्ये एकजनालाई आइतबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा जिल्ला चापाकोट नगरापालिका ७ स्थायी घर भइ हाल पोखरां. १५, क्रान्तिटोल बस्ने वर्ष ३७ वर्षीय पूर्णबहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । बाँकी तीनजना भने अझै फरार नै छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->