पोखरा/ विवादका बीच विश्वासको मत पाएका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । उनले एमालेका तर्फबाट सीता सुन्दास र बेदबहादुर गुरुङलाई मन्त्री बनाउन लागेका हुन । सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र गुरुङलाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ । सुन्दास र गुरुङ यसअघि अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रीमण्डलमा थिए । उनीहरुलाई आजै साढे ४ बजे सपथ खुवाउने तयारी गरिएको छ ।

योसहित अहिलेको मन्त्री मण्डल ५ सदस्यीय पुग्नेछ । यसअघि माओवादी केन्द्रका हरीबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) क्रमशः आर्थिक मामिला र भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्री भइसकेका छन ।
यसैबीच माओवादी केन्द्रबाट पनि एकजना मन्त्री थपेर आजै सपथ खुवाउने विषयमा दुई दलबीच छलफल भइरहेको छ ।





