शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

एमालेको गण्डकीको प्रशिक्षण सकियो

एमालेको गण्डकीको प्रशिक्षण सकियो


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८१, सोमबार

पोखरा/ नेकपा एमालेले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिलाई आयोजना गरेको तिनदिने प्रशिक्षण सोमबार पोखरामा सम्पन्न भएको छ ।

प्रशिक्षण समापनका अबसरमा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय बिकास बिभाग प्रमुख देबेन्द्र दाहालले प्रशिक्षण दिदै पार्टीका नीति तथा कार्यक्रम कार्यान्वयनमा फलदायी भएको र सुखी नेपाली सम्बृद्ध नेपालको आधार निर्माणमा सहयोगी हुने बिश्वास ब्यक्त गरे । प्रशिक्षण नियमित वार्षीक रूपमा आयोजना हुने भन्दै स्थानीय तहमा रहेका आफ्ना जनप्रतिनिधिलाई कार्य सम्पादनमा दक्षता बढाउदै एमालेलाई बलियो राष्ट्रीय शक्तिका रूपमा स्थापित गराउने उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा पोलिटब्युरो सदस्य मना केसीले प्रशिक्षणले कार्य दक्षता बढाउन सहयोगी हुने उल्लेख गर्दै पार्टी र स्थानीय जनप्रतिनिधिबीच समन्वय र सहकार्यमा फलदायी हुने उल्लेख गरिन । एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नबराज शर्माको अध्यक्षतामा सम्पन्न समापन समारोहको संचालन प्रदेश कमिटी सचिब धनन्जय दवाडीले गरेका थिए ।

तिन दिन सम्म चलेको सो प्रशिक्षणमा उप –महासचिब प्रदिप ज्ञवालीसहित एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय बिकास बिभाग प्रमुख देबेन्द्र दाहाल, सोहि विभागका सचिब हर्कराज राइ, केन्द्रीय स्कुल बिभाग सदस्य रामशरण प्याकुरेल, प्राडा तत्व तिम्सिना सहितका नेताहरूले सहजिकरण गरेको एमाले गण्डकी प्रदेश कमिटीका सचिब दवाडीले बताए ।

प्रशिक्षणमा एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्बाचित प्रमुख ,उपप्रमुख , जिल्ला समन्वय समितिका प्रमुख ,उपप्रमुख र प्रत्येक जिल्लाबाट एक जना वडाध्यक्षसहित पार्टीका जिल्ला कमिटि अध्यक्ष र इन्चार्जह गरी करिब एक सय जनाको सहभागिता रहेको एमाले गण्डकी प्रदेशका स्थानीय तह बिभाग प्रमुख एबम ं प्रदेश कमिटी सदस्य लिलाधर पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->