बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा ४ पूर्ण खोप सुनिश्चितता वडा घोषणा

पोखरा ४ पूर्ण खोप सुनिश्चितता वडा घोषणा


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०८१, मंगलबार

पोखरा/पोखरा महानगरपालिका वडा नं ४ लाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । वडा नं ४ भित्रका १६ देखि ५९ महिना सम्मका सम्पूर्ण बालवालिकाले १५ महिना भित्र पाउनुपर्ने सवै खोपहरु पाइसकेको प्रतिवद्धता सहित पोखरा ४ लाई सोमबार पूर्ण खोप सुनिश्चितता सहित दिगोपनको घोषणा गरेको हो । वडाभित्रका ३ सय ३७ जना बालवालिकाले १५ देखि ५९ महिना सम्म पाउनुपर्ने सम्पूर्ण खोपहरु पाइसकेकाले वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।

सो अपसरमा वोल्दै पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेजाखर लम्सालले वालवालिकाहरुको अधिकारमा पर्ने पूर्ण खोप कार्यक्रमलाई वडाले चासो दिएर पूर्ण सुनिश्चिितता गराएकोमा धन्यवाद ब्यक्त गर्दै यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले वडाको बिकासमा आफु सदैव लागि परेको वताउदै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको भएतापनि आफ्नो वडामा छिमेकी मुलुक भारतका ब्याक्तिहरुको बाक्लो वस्ती रहेका कारण पनि यसमा थप चुनौती देखा परेको बताउदै त्यसको समाधानमा समेत वडा लाग्ने वताए । वडाभित्र सडक निर्माणमात्र बिकासको काम नहुने वताउदै आगामी दिनमा युवा, बृद्धवद्धा, महिलाहरुलाई समेत लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उनको भनाइ रहको थियो ।

सो अवसरमा आगामी दिनमा जुनसुकै अवस्था र परिस्थितिमा बालवालिकाहरु कुनैपनि खोप लिनबाट बन्चित हुने छैनन भनी खोप समन्वय समिति, जननिर्वाचित प्रतिनिधिहरु, स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समिति, राजनीतिक दलका प्रतिनिधीहरु, विद्यालय प्रध्यानाध्यापक, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकाहरु, आमा समुहका सदस्यहरु, यूवा क्लवका सदस्यहरु, कर्मचारीहरु, बाल क्लवहरु, स्वास्थ्यकर्मीहरु, स्थानीय समाजिसेवी तथा बुद्धिजिवी र सम्पूर्ण वडा बासी नागरिकहरुले प्रतिवद्धता समेत जनाएका छन ।
पोखरा महानगरपालिका वडा नं का स्वास्थ्य ब्यवस्थापन समिति संयोजक पार्वती माकाजुले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सुजन पौडेलले गरेका थिएभने कार्यक्रममा वडा भित्रका स्वास्थ्यकर्मी, स्थानिय समाजसेवी, कर्मचारी, आमा समुह, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->