पोखरा/ पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि सर्वोच्च अदालतमा आजका लागि तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको छ । पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएका हुन । आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि यीसहित सबै मुद्धा स्थगीत भएका हुन ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको भनिएको विश्वासको मतविरुद्ध कांग्रेसका सुरेन्द्रराज पाण्डेले वैशाख २५ गते रिट दायर गरेका थिए । त्यसको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको थियो । रिटको सुनुवाई न्यायाधीश मनोज शर्माको एकल इजलासमा परेको थियो ।





