शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

होमस्टे महासंघ गण्डकीको प्रशिक्षण सम्पन्न

होमस्टे महासंघ गण्डकीको प्रशिक्षण सम्पन्न


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८१, बिहिबार

पोखरा/ राष्ट्रिय होमस्टे महासंघको आयोजनामा भएको ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज सम्पन्न भएको छ ।
तालिम समापनको अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिं गुरुङले होमस्टे राम्रोसंग संचालन गर्न सकेमा स्थानिय उत्पादनको खपत वढाउनुका साथै आयआर्जन पनि वढाउन सकिने वताए ।

उद्योग तथा पर्यटन महाशाखा प्रमुख रामप्रसाद आचार्य, शाखा प्रमुख डम्बर जिसी, प्रम्ुुख प्रशिक्षक सुर्य न्यौपाने, पोखरा २२ की वडा सदस्य कृष्ण कुमारी देवकोटा, राष्ट्रिय होमस्टे महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक प्रकाशचन्द्र गुरुङ, केन्द्रिय उपाध्यक्ष तथा लुम्बीनी प्रदेश संयोजक धनिश्वर वस्याल, उपाध्यक्ष तथा शिक्षा विभाग प्रमुख उर्मिला गुरुङ, महासचिव कृष्ण चौधरी, कोषाध्यक्ष सुरज वास्तोला, भुम्दी टुनार सामुदायिक होमस्टेका अध्यक्ष राम गुरुङ, भुम्दी आमा समुहकी अध्यक्ष राधा गुरुङ लगायतले वोलेका थिए ।

होमस्टे महासंघका गण्डकीका अध्यक्ष धनिराम गैरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निर्वतमान अध्यक्ष हरिलाल पौडेल र स्वागत उपाध्यक्ष मोहन खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->