शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

खाजा खुवाउने बहानामा महिलामाथि सामूहिक बलात्कार

खाजा खुवाउने बहानामा महिलामाथि सामूहिक बलात्कार

प्रहरीले घटनामा संलग्न कास्कीको मादी गाउँपालिका ९ स्थायी घर भइ हाल अमरसिँहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी १२ भगवतीटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियारलाई पक्राउ गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८१, शुक्रबार

पोखरा/पोखरा १०, अमरसिँहचोकमा एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २४ गते राति पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंहचोकमा बिग्रिएर राखिएको बसमा महिलामाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ ।
काठमाडौंकी महिलालाई पोखरामा खाजा खाना लैजाने भन्दै उनीहरुले बसमा लगेका थिए । विग्रिएर पार्किङमा राखिएको ग १ ख ६५९५ नम्बरको बसभित्र लगेर बियर खुवाइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा डीएसपी वसन्त शर्माले जानकारी दिए । उनका अनुसार महिलामाथि तीन जनाले पालैपालो बलात्कार गरेका हुन् ।
डीएसपी शर्माका अनुसार प्रहरीले घटनामा संलग्न कास्कीको मादी गाउँपालिका ९ स्थायी घर भइ हाल अमरसिँहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी १२, भगवतीटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियारलाई पक्राउ गरेको छ । उनीहरुलाई २५ गते बिहान ४ बजेतिर वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध सामूहिक बलात्कारको मुद्दाअन्तर्गत कारवाही अगाडि बढाइएको डीएसपी शर्माले बताए ।
‘एक्लै देखेपछि तीन जनाले खाजा खान जाउँ भनी भनेका रहेछन् । महिलालाई खाजा खान लाने भन्दै बसमा लगि बियर पनि खुवाएको देखिन्छ,’ उनले भने, ‘पुरानो बसको ढोका खोल्न गाह्रो भयो, सीआरभीको टोलीले शंका लागेर हेर्दा त्यहाँ महिला नग्न अवस्थामा भेटिएको थियो ।’ महिलाको स्वास्थ्य परीक्षणसहित उपचारका लागि अस्पताल लगिएको छ ।
महिला उपचारमै रहेका कारण विवरण खुल्न नसकेको प्रवक्ता शर्माले बताए । ‘महिला काठमाडौंबाट आएको भन्ने खुलेको छ तर,कहिले आउनुभएको ? किन आउनुभएको ? भन्ने खुलेको छैन,’ डीएसपी शर्माले भने, ‘स्वास्थ्य परीक्षण हुँदैँछ । उहाँको सुधार भएपछि बाँकी कुरा खुल्नेछ ।’
२०७१ असार ६ गते पोखरा महानगरपालिका १५ शिवशक्तिचोक स्थित क्रान्तिकारी टोल नजिक ४२ वर्षीया महिलालाई सामूहिक बलात्कार गरी फरार रहेकामध्ये ३७ वर्षिय पूर्णबहादुर गुरुङलाई बैशाख २३ गते पक्राउ गरेको थियो ।
४ जना पुरुषहरुले बाटो छेकी, घेराबन्दीमा पारी, मुख थुनी, ज्यान मार्नेसम्मको धाकधम्की समेत दिई सामुहिक जबरजस्ती करणी गरेका थिए ।
कास्की जिल्ला अदालतले २०७९ कार्तिक २३ गते ११ वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना तथा दुई हजार दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश गरेको थियो ।
मुख्यमन्त्रीको पिए भन्दै ठगी गर्ने पक्राउ
गण्डकी प्रदेशको मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आफुलाई भीआइपीसँग नजिक रहेको देखाउँदै मुख्यमन्त्रीलाई तत्कालै पोखरा–काठमाडौं, काठमाडौं–नेपालगञ्ज को टिकट बुक गराइ अन्य सर्वसाधारणलाई बेच्दै गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३१ बस्ने २८ वर्षीय सुवाष सुवेदीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्त शर्माले टिकट बुक गराउने र पैसा क्यूआर कोडमा पठाउने भन्दै टिकट लिने गरेको जानकारी दिए ।
‘भीआइपीसँगको सम्बन्ध देखाउने किसिमका रहेछन् । उनले बोलीले नै सबैलाई फसाउने गरेको पाइया,े’ शर्माले भने, ‘हामीले सामाजिक सञ्जालमा पनि विभिन्न नेता तथा भीआइपीसँग फोटो खिच्दै राखेको भेटियो । हेर्दा सम्बन्ध भएकै जस्तो देखिन्छ ।’ सुवेदीविरुद्ध तीन वटा जाहेरी परेको शर्माले बताए । उनले अन्य व्यक्तिलाई समेत त्यसरी नै ठगी गरेको हुन सक्ने भन्दै प्रहरीले मुख्यमन्त्रीको नाममा हवाई टिकट काट्न लगाउने र रकम नदिने गरेको भए सम्पर्कमा आउने अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->