शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिटको सुनुवाई आज

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिटको सुनुवाई आज

न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा पेशी


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८१, शुक्रबार

पोखरा/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी सभामुखले गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दिएको रिटको आज सुनुवाई हुदैछ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि हिजो विहीबारका लागि तोकिएको उक्त रिटको पेशी स्थगीत भएपछि आजलाई सरेको थियो । हिजो सर्बोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाई स्थगीत भएका थिए ।

उक्त रिट न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा परेको छ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको भनिएको विश्वासको मतविरुद्ध गण्डकी प्रदेश सभामा कांग्रेस ससदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २५ गते रिट दायर गरेका थिए । त्यसको प्रारम्भिक सुनुवाइका लागि हिजो पेशी तोकिएकोमा स्थगीत भएर आजलाई सरेको हो । पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदरको माग गरेका छन । साथै पाण्डेले संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् ।
यही बैशाख २३ गते आईतबारका दिन गण्डकी प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३० मत परेको र सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ । तर सभामुखलाई गणना नगरी ५९ सदस्यलाई आधार बनाएर बहुमत ३० जनाले विश्वासको मत दिएको भन्दै सभामुख कृष्ण धितालले अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->