शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पोखरामा पुष्पलालको स्मृति र योगदानबारे चर्चा

पोखरामा पुष्पलालको स्मृति र योगदानबारे चर्चा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८१, मंगलबार

पोखरा/पोखरामा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति र योगदानबारे चर्चा गरिएको छ । पुष्पलालको जन्मशताब्दीको अवसर पारेर पोखरामा आइतबार जन्मशताब्दी समारोह र विचार गोष्ठीको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले वामपन्थीहरुमा वैचारिक बहसभन्दा पनि मन नपर्दा व्यक्तिगत गाली–गलौजमा उत्रने रोग रहेको बताए । उनले गाली बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन्थी शक्तिहरूलाई आग्रह गरे ।
‘‘वैचारिक बहस गरौँ, व्यक्तिगत गाली-गलौज बन्द गरौँ, यति गरें पुग्छ अहिले, आ-आफ्नो विचार छन्, संगठन छन् दृष्टिकोण छन्,’ पुष्पलाल अध्ययन केन्द्र कास्कीका अध्यक्ष समेत रहनुभएका उनले भने,‘‘कम्युनिष्टहरूले इतिहासको भजन कीर्तन गरेर बस्ने होइन वर्तमानमा उभिएर भविष्य निर्माण गर्ने हो ।’
पुष्पलाल जन्मशताब्दी समारोह समिति काठमाडौँको आयोजना तथा पुष्पलाल अध्ययन केन्द्र कास्कीको सह-आयोजनामा भएको कार्यक्रममा कम्युनिष्ट आन्दोलन लगायतमा पुष्पलालको योगदान विषयमा बाम बुद्धिजिवी तथा लेखक रामराज रेग्मी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, र रामबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि दधिराज सुवेदी, गोपीरमण उपाध्याय, विश्ववन्धु भण्डारीको टिप्पणी रहेको थियो ।
कार्यक्रममा पुष्पलाल अध्ययन केन्द्र कास्कीका उपाध्यक्ष सोमनाथ अधिकारी प्यासी, महासचिव भीम कार्की, नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, नेकपा माओवादी केन्द्र कास्कीका इज्चार्ज रामजी बराल ‘जीवन’, राष्ट्रिय जनमोर्चाका शंकर बराल, नेकपा नेतृ सावित्रा दुरा आस्था र डा. मनिष भट्टराईलगायतले पुष्पलालको योगदानको बारेमा चर्चा गरेका थिए । पुष्पलाल जन्मशताब्दी समारोह २०८१ का संयोजक लोककृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुण्यप्रसाद पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->