ज्ञान र अनुभवका भण्डार, समाजका अग्रज, हाम्रा सम्मानित जेष्ठ नागरिकलाई जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवामार्फत स्वास्थ्य परिक्षणको शुरुवात गरेका छौं । हालसम्म ७४३ जना जेष्ठ नागरिकको घरदैलोमा नै स्वास्थ्य परिक्षण गरिसकेका छांै । प्रजनन स्वास्थ्यमा देखिने समस्याको कारण परिवारमा पर्ने गम्भीर असरलाई मध्येनजर गरी प्रजनन् रुग्णता शिविर संचालन गरी ११९ जना व्यक्तिलाई सेवा पु¥याएका छौं । प्रदेश सरकारको सहयोगमा बागलुङ नगरपालिका क्षेत्र भित्रका हरेक घर र नागरिकको स्वास्थ्यको अवस्थाको जानकारी लिने हेतुले पारिवारिक स्वास्थ्य प्रोफाइल निर्माणको काम शुरु गरी सम्पन्नको चरणमा पुगेका छौं । स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराइएका औषधि लगायतका बस्तुहरुको बारेमा शाखाबाट पूर्ण जानकारी लिने हिसाबले विद्युतीय जिन्सी व्यवस्थापन प्रणालीको शुरु गरेका छौं, जसले गर्दा स्वास्थ्य संस्थामा देखिएको औषधि लगायतका सामाग्री अभाव र अर्को स्वास्थ्य संस्थामा भएको मौजदात एकै स्थानबाट हेर्न र सोही बमोजिम व्यवस्थापन गर्न सजिलो भएको छ । हात्तिपाईले रोग, क्षयरोग जस्ता रोगलाई शुन्यमा झार्नको लागि आवश्यक व्यवस्था गरेका छौं । समुदायको सहयोगमा डेङगु रोग नियन्त्रण अभियान संचालन गरेका छौं । बागलुङ नगरपालिका वडा नं. १४ स्थित नारायणस्थान स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सफल भएका छौं । दादुरा रुवेला खोप जस्ता खोप अभियान संचालन गरेका छौ । भ्ज्क्ष्च्च्क् कार्यक्रममार्फत विद्युतीय माध्यमद्धारा स्वास्थ्य सेवाको रेकर्डिङ लगायतका कार्य र जिन्सी व्यवस्थापनलाई व्यवस्थित गरेका छौं । औषधि तथा अन्य सामग्रीको अभाव हुन नदिनका लागि आन्तरिक व्यवस्थापन तथा अन्य सरकारी निकायहरुसंग समन्वय गरी सहज रुपमा बाह्रै महिना स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव हुन दिएका छैनौं ।
–हाम्रो समाजमा छोरी जन्मिए पश्चात आमा र नवजात शिशुलाई गरिने दुव्र्यवहार, गर्भाअवस्थामा भ्रुणको जाँच, भु्रणहत्या र छोरी प्रतिको गलत दृष्टीकोणलाई चिर्न ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत छोरीको जन्म भएपश्चात छोरीको नाममा नगरपालिकाले पाँच हजार रुपैयाँको २० वर्षे मुद्दती खाता खोल्ने कार्यको शुरुवात गरेका छांै ।
–आगलागी, विपद र प्रकोपजन्य घटनाको समयमा तत्काल राहत र उद्दार कार्यमा सहजिकरण गर्नको लागि एम्बुलेन्स, दमकल, जे.सि.भि र आवश्यक सामग्रीसहित स्थानीय आपतकालिन कार्यसंचालन केन्द्र संचालनमा ल्याएका छौं । नगपपालिका क्षेत्रभित्रका विरामी र विपदमा परेका व्यक्तिलाई निःशुल्क रुपमा बागलुङ अस्पतालसम्म ल्याउनको लागि हटलाईन सेवा सहितको एम्बुलेन्स संचालनमा ल्याएका छौं ।
–बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो गराई विदेश जान लागेका व्यक्तिहरुलाई आवश्यक परार्मश, विदेश गई अलपत्र परेका नागरिकलाई सुरक्षित स्वदेश फिर्ता, दुर्घटनामा परी घाईते भएका र मृत्यु भएकाहरुलाई विमा दाबी, उपचार खर्च र मृतकको शव व्यवस्थापन लगायतका कार्यको लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत कार्य गरिरहेका छौं । यस अवधिमा आप्रवासी स्रोत केन्द्र सहायता कक्षमार्फत १९,७३८ व्यक्तिलाई सूचना तथा परामर्श सेवा उपलब्ध गराइएको छ भने रिटर्नी स्वंयसेवक तथा अन्य कार्यक्रममार्फत ९०७६ व्यक्तिलाई सूचना तथा परामर्श उपलब्ध गराईएको छ । विदेशमा अलपत्र परेका ११ व्यक्तिलाई सुरक्षित स्वदेश फिर्ताको वातावरण मिलाइएको छ भने मृत्यु, अंगभंग तथा स्वास्थ्य सम्वन्धी समस्यामा क्षतिपूर्ती र इन्स्योरेन्स दाबी बापतको ४ करोड ४३ लाख ७ हजार उपलब्ध गराउन सहजीकरण गरी रकम उपलब्ध गराइएको छ । विदेशमा मृत्यु भएका २९ जना व्यक्तिको शव व्यवस्थापनमा सहजिकरण गरिएको छ । विदेश जानु पुर्व बिल्डिङ इलेक्ट्रिसियन, हाउस किपिङ क्लिनर, गार्मेन्ट मेसिन अपरेटर, सटरिङ कार्पेन्टरीलगायत सीप सम्बन्धी तालिम ६८६ जनालाई उपलब्ध गराइएको, निःशुल्क कानुनी सहायतामार्फत विभिन्न केशमा सहजीकरण गरी ठगीको ७४ लाख ४७ हजार रकम फिर्ता गरिएको छ । यसका अलवा बानपा ३, ८, ९, १० र ११ का गरी २१० जना व्यक्तिलाई वित्तिय साक्षरता सम्बन्धी तालिम प्रदान गरिएको र ४८ जना व्यक्तिलाई व्यक्तिगत रुपमा मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।
–वैदेशिक रोजगारको लागि विदेश जाने व्यक्तिहरुलाई श्रम स्वीकृतिको लागि काठमान्डौं जानु पर्ने बाध्यतालाई अन्त्य गरी सो सम्बन्धी सहजिकरणको सुरुवात गरी हालसम्म १८ जना व्यक्तिलाई सहजिकरण गरिसकेका छौं ।
–हिंसा र पिडामा परेका महिला तथा बालबालिकाहरुको हकहित संरक्षणको लागि संचालनमा रहेको अल्पकालिन महिला सेवा केन्द्रमार्फत हिंसा पिडित तथा प्रभावित महिला र किशोरीहरुको लागि आवश्यक आश्रय, लुगाफाटो, यातायात खर्च, स्वास्थ्य उपचार, कानुनी सेवाका लागि आवश्यक सेवा उपलब्ध गराइएको छ । यस दुई वर्षको अवधिमा १६८ जना हिंसा पिडित महिलाले सेवा प्राप्त गरी सकेका छन् । अपाङ्गता भएका व्यक्तिलाई निरन्तर परिचयपत्र वितरणको क्रममा यस अवधिमा जम्मा ६६६ जना व्यक्तिलाई परिचय पत्र वितरण गरेका छौं । यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक, मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको दिवश, लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान, अपागंता, महिला, बाल अधिकार, बाल दिवश, जातीय छुवाछुत तथा रंगभेद विरुद्ध लगायतका दिवश तथा अभियानहरु सफल रुपमा सम्पन्न गरिसकेका छौ । लैंगिक हिंसा न्युनीकरणका लागि सचेतनामूलक कार्यक्रम बा.न.पा ८, ९ र १३ मा सम्पन्न भैसकेको छ । दलित सशक्तिकरणका लागि दलित वर्ग उत्थान समितिअन्तर्गत दलित जनप्रतिनिधिलाई सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ भने राष्ट्रिय ज्येष्ठ नागरिक दिवशको अवसरमा बा.न.पा का १४ वटै वडाका ५ जनाका दरले ७० जना ज्येष्ठ नागरिकहरुलाई न्यानो ब्ल्याङ्केट वितरण गर्ने कार्य सम्पन्न भएको छ । लैंङ्गिक हिंसा न्यूनीकरणका लागि महिला र पुरुष सम विकास तालिम, महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम संचालन गरिसकेका छौ । विभिन्न वडा कार्यालयहरुमार्फत महिलाहरुका लागि सिपमूलक तालिम, दलित महिला सशक्तिकरण तथा नेतृत्व विकास कार्यक्रमहरु संचालन भइरहेका छन् ।
–मालढुंगा डम्पिङ साईटमा डम्प भएको फोहरलाई स्थानान्तरण गरी बजारक्षेत्रको फोहर संकलन कार्यतालिकामा समेत परिमार्जन गरी अस्थायी रुपमा विसर्जन गर्ने प्रणालीलाई थप व्यवस्थित गरेका छौं । मेरो फोहर मैले नै व्यवस्थापन गर्नुपर्छ भन्ने अभिप्रायले बा.न.पा. वडा नं. १ स्थित पार्क, बजार क्षेत्र, बा.न.पा. १३ लगायतका क्षेत्रमा सेना, प्रहरी, शसस्त्र प्रहरी, विभिन्न क्लब, विद्यालय, स्थानीय समुदाय लगायतको सक्रियतामा सडक सरसफाई अभियान संचालन गरी सकरात्मक सन्देश दिने कार्य गरेका छौं ।
–बैंकिङ्ग प्रणालीमार्फत लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रकमलाई सोझै लाभग्राहीको व्यक्तिगत खातामा जम्मा हुने गरी Electornic Fund Transfar (EFT) शुरु गरेका छौ । चालु वर्षको तेश्रो त्रैैमासिक सम्मको अवधिमा ७,६३९ जना लाभग्राहीलाई कुल रकम ४८,५६,०२,९०५।– रुपैयाँ उपलब्ध गराईसकेका छौं । राज्यको यो लगानी बृद्ध, असहाय, बेसहारा र एकल महिलाको हकमा सहारा बन्न पुगेको छ । जन्म, मृत्यु, विवाह, बसाईसराई र सम्बन्ध विच्छेद दर्ता गर्ने कार्यलाई सबै वडामा अनलाईनमार्फत सेवा प्रदान गर्दै जन्म दर्तालाई सन् २०२४ सम्म सत् प्रतिशत पु¥याउने लक्ष्यका साथ घटना दर्ता शिविर, घटना दर्ता सप्ताह, कर्मचारी र जनप्रतिनिधिलाई घटना दर्ता सम्बन्धी अभिमुखिकरण लगायतका कार्यक्रम सम्पन्न गरेका छौं । राष्ट्रिय परिचयपत्रमा आम नगरबासीको पंहुचलाई सहज र सरल बनाउनको लागि १४ वटै वडामा शिविर संचालन गरी कूल १७,९२४ जना व्यक्तिलाई राष्ट्रिय परिचय पत्रमा जोड्न सफल भएका छांै ।
–पद बहाली पश्चातको पहिलो कार्यपालिका बैठकबाट बागलुङ नगरलाई बालमैत्री नगर घोषणा गर्ने प्रतिवद्धतासंगै नीति, योजना तथा कार्यक्रममा उक्त विषयलाई समावेश गरी सबै वडाहरुमा वडा स्तरीय अभिमूखिकरण, बालमैत्री स्थानीय शासन वडा समिति, वडा स्तरिय बाल समूह गठन पुर्नगठन गर्ने कार्य सम्पन्न भई, विद्यालय, टोल स्तरीय वाल समूह गठनका कार्य र घरधुरी सर्वेक्षण पश्चात विश्लेषण गर्ने कार्य भईरहेको छ । बालमैत्री नगर घोषणाको लागि आवश्यक पर्ने ५१ वटा सूचकमध्ये हालसम्म ३६ वटा सूचक पूरा गरिसकेका छौं । निर्धारित समयभित्र बालमैत्री नगर घोषणा गर्ने गरी तयारी गरेका छौं ।
–नेपालका विभिन्न जिल्ला तथा भारतबाट कामकाजको लागि यस पालिकाभित्र रहेका श्रमिकको पहिचान, सेवा र सुरक्षाको लागि श्रमिक पहिचान पत्रको कार्यको शुरुवात गरेका छांै ।
आर्थिक विकासतर्फ
–उत्पादन बढाई आत्मनिर्भर बन्नको लागि कृषि कार्यक्रममार्फत माटोको नमूना परीक्षण गरी १२००० केजी चुन वितरण तथा नगरपालिकाभित्र रहेका फलफूल बगैचाहरुलाई ५२०० केजी निलोतुथो वितरण गरिएको छ । बा.न.पा. ८ मा कागती नर्सरी स्थापना गर्नुका साथै करिब ८० रोपनी क्षेत्रफल जग्गामा कागती खेतीको सुरुवात गरी उक्त क्षेत्रका नागरिकहरु आत्मनिर्भरतर्फ उन्मुख भएका छन् । उच्च बजार मूल्य भएका ५५० वटा किवि, १३५० वटा ओखरका बिरुवा वितरण गरिएको छ भने १४ वटै वडामा ९,३५७ केजी गहुँ, १३०० केजी मकैकोे विउ, साथै तोरी, मुसुरो, घाँसलगायत तरकारीको मिनि किट लगायतको विउ वितरण गर्ने कार्य गरिरहेका छौं । यसैगरी बेमौसमी तरकारी खेती र पुरानो बगैचा व्यवस्थापन, तरकारी पकेट र च्याउ पकेट विकास कार्यक्रम सम्पन्न गरेका छौं । दुई वर्षको अवधिमा ५६ वटा मिनी ट्रेलर हलो १२० वटा प्लाष्टिक टनेल तथा २९ वटा फलामका टनेल वितरण गर्ने कार्य सम्पन्न गरेको छौं । साथै कृषकहरुलाई आत्मनिर्भर बनाउनको लागि मौरी घार स्रोत केन्द्र स्थापना, तालिम तथा मिनी टेलर हलो मर्मत तालिम सम्पन्न गरेका छौं । कृषकहरुको सुविधाको लागि निःशुल्क कृषि परामर्श सेवा, निःशुल्क माटो परिक्षण, विउ, सीप, मल, नर्सरी र प्रविधि क्षेत्रमा साझेदारी कार्यक्रम, नगदेबाली तथा फलफुल खेती प्रवर्धन लगायत दूध, अण्डा, मासु र तरकारीमा आत्मनिर्भर नगर बनाउने गरी व्यवसायिक कृषि तथा पशुपालन प्रवर्धनका कार्यक्रम संचालन गरेका छौं ।
–पशु स्वास्थ्यको लागि घरदैलो उपचार तथा परामर्श सेवाबाट यस दुई वर्षको अवधिमा ५९०१ वटा घरमा सेवा पु¥याएका छौं । यसैगरी ६६३० वटा पशुमा परजीवि नियन्त्रण सेवा, ५ पटक आकस्मिक उपचार सेवा, ५९८ पशुमा कृत्तिम गर्भाधार सेवा सम्पन्न भएको छ । यसैगरी १३,१३२ वटा पशुमा उपचार सेवा तथा ५,३१३ वटा पशुमा विभिन्न परीक्षण सेवा सम्पन्न भएको छ । साथै पशुमा कृत्रिम गर्भाधान, बन्ध्याकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । व्यवसायीक कृषक परिवारलाई ४०२० केजी विभिन्न प्रजातिका घाँसको विउ वितरण गर्ने कार्य, १९५ वटा सामुदायीक कुकुरलाई रेविज खोप, १८२ वटा घरपालुवा कुकुर र १०६ सामुदायिक कुकुरमा बन्ध्याकरण सेवा र सम्पूर्ण वडाहरुमा पशु सचेतना जस्ता कार्यक्रमलाई निरन्तरता दिएका छौं । साथै ३३२५ गाई र गोरुमा लम्पी खोप सेवा प्रदान गर्ने कार्य गरेका छौं । ६०५ पशुमा बाझोपनको उपचार तथा औषधी वितरण गरिएको छ । घरपालुवा कुकुर दर्ता अभियानअन्तर्गत २१२ वटा कुकुर दर्ता र छाडा सामुदायिक कुकुरहरुको लागि सेल्टर हाउसको कार्यक्रम सम्झौता गरी जग्गाको भोगाधिकारको प्रक्रिया अगाडि बढाएका छौं ।
–बागलुङ नगरक्षेत्रभित्र कार्यक्षेत्र रहि संचालनमा रहेका सहकारी संघसंस्थाहरुका लागि इन्टरनेटमा आधारित एकीकृत बिद्युतीय व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम सञ्चालन गरी सहकारी संस्थाहरुलाई COPOMIS मा आबद्ध गराउने कार्यको थालनी गरिएको छ । सहकारी संस्थाहरुको अनुगमन कार्यविधि निमार्ण गरी सघन अनुगमनको थालनी गरिएको छ । सहकारी संस्थाको क्षमता अधिवृद्धिको लागि सहकारी विभाग, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय र जिल्ला स्थित विभिन्न सरोकार निकायहरुको समन्वयमा क्षमता विकास, सहकारी शिक्षा तथा सहकारी सम्बन्धी समसामयिक विषयमा विभिन्न किसिमका तालिम, गोष्ठि तथ सचेतना सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको छ । यस नगरक्षेत्रभित्रका सहकारी संघ संस्थाहरुको स्पष्ट झलक देखिने गरी पाश्र्वचित्र तयार गरिएको छ । सहकारी संस्थाहरुलाई दिगो रुपमा सञ्चालन गर्न, खर्चमा मितव्ययिता कायम गर्न र वित्तिय सुशासन कायम गर्नका लागि विभिन्न २१ वटा सहकारी संस्थाहरुको आवश्यक प्रक्रिया पुरा गरी एकिकरण गरिएको छ । समयमै सहकारी संस्थाहरुकोे साधारण सभा र लेखा परीक्षण नगर्ने, पटक÷पटक पत्राचार गर्दा पनी प्रगति प्रतिबेदन नपठाउने तथा सम्पर्कमा नआएका ३२ वटा सहकारी संस्थाहरुको खारेजीको लागी आबश्यक प्रक्रिया अगाडी बढाउने कार्यको थालनी भएको छ । बागलुङ नगरक्षेत्रभित्र संचालित संघ र प्रदेशको नियामक क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाहरु शिवशिखर बहुउद्धेश्यीय सहकारी संस्था लि। र ईमेज बचत तथा ऋण सहकारी संस्था लि.मा पछिल्लो समय देखिएको समस्याका कारण नगरबासी शेयर सदस्यहरु तथा वचतकर्ताहरुबाट आएका गुनासाको सम्बोधनको लागि सम्बन्धित निकायहरुमा आवश्यक समन्वय र सहकार्य गर्ने कार्य गरिएको छ ।
–गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत मेड मोडेल, सहभागितात्मक ग्रामीण लेखाजोखा, उद्यम शिलता विकास जस्ता कार्यक्रम र पार्लर, सिलाई कटाई, चुरापोते, डलकुशन, तरकारी खेती, दुनाटपरी बनाउने होजियारी लगायतको तालिममार्फत ११७ जना व्यक्ति लाभान्वित भएका छन् भने हाल पुर्नताजगी तालिम समेत सम्पन्न गरिसकेका छांै ।
–बाङ्गेचौर र पाङ अदुवावारी जोड्ने गण्डकी स्वर्णीम झुला (Gandaki Golden Bridge) पुल र चिप्लेटी बसपार्क सालबोट जोड्ने पुलमा बत्ती जडान गर्ने कार्य सम्पन्न गरी रातको समयमा पर्यटक आकर्षक गर्ने गन्तव्यको रुपमा विकास गरेका छौं । बागलुङ नगरपालिका वडा नं. ४ गौरीधामदेखि नाग्लीवाङ, कुँडुलेदेखि रत्नेचौरको पुल निर्माणको कार्य सकिएको छ । यसैगरी यस नगरपालिकाको मुख्य नाकाको रुपमा रहेको मालढुंगा पुल कालिका मन्दिरको पूर्व उत्तरतर्फ Welcome to Baglung लेख्ने कार्य सम्पन्न गरिएको छ भने मालढुंगाको पुलमा बत्ती जडान गर्नेलगायत डिजिटल वोर्ड जडान गर्ने कार्यको लागत इष्टिमेट गरी बोलपत्र आव्हानको तयारी भईरहेको छ । यो कार्य सम्पन्न भए पश्चात मालढुंगा छिर्ने हरेक व्यक्तिले प्रवेशद्धारमा सुन्दरता र आकर्षकसंगै आनन्दको अनुभूति गर्ने कुरामा विश्वास लिएका छौं । प्रसिद्ध बागलुङ कालिका, भैरवस्थान, शालिग्राम संग्राहलय, पञ्चकोट लगायतका धार्मिक पर्यटकीय क्षेत्रको जानकारीमूलक विवरणलाई विश्वका १० वटा भाषामा हेर्न र पढ्न मिल्ने गरी क्यूआर कोडको व्यवस्था गरेका छौं । बजार भित्रको सडकको नामाकरणसहित Street Number को काम र नगरक्षेत्रका मुख्य पर्यटकीय क्षेत्रमा जान चाहने पर्यटकहरुको सहजताको लागि मुख्य चोकहरुमा पर्यटक पथप्रदर्शक चिन्ह राख्ने कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका क्षेत्र भित्रका मुख्य पर्यटकीय क्षेत्रहरुको पहिचान गर्ने कार्य सम्पन्न भएको छ । बागलुङ नगरपालिका वडा नं. १० स्थित अतिथि सत्कार सामुदायिक होमस्टे र स्याङ्जा जिल्ला, आँधिखोला गाउँपालिकास्थित सिरुवारी सामुदायिक होमस्टेबीच मितेरी सम्बन्ध कायम गरिएको छ । यस नगरपालिका वडा नं. ९ स्थित डोयमा पर्यटकीय पदमार्गसहित महादेवको मूर्ति राख्ने कार्यको लागि फड्के डाँडादेखि डोय सम्मको डि.पि.आर. सम्पन्न गरी शिलन्यास समेत गरेका छौं ।
भवन तथा बस्ती विकास र बजार व्यस्थापन
–नक्सापासलाई थप व्यवस्थित गरी आवश्यक मापदण्ड पूरा गर्न लगाई १० तलासम्म घर निर्माण गर्न सक्ने गरी भवन निर्माण मापदण्डलाई संशोधन गरिएको छ । संम्भव भएसम्म नयाँ निर्माण हुने घरको चारैतर्फ प्लाष्टर गर्ने कार्यलाई कार्यान्वयनमा ल्याइएको छ । नक्सापास प्रक्रियालाई थप सरल बनाउनेतर्फ कार्ययोजना अगाडि बढाइएको छ । नगरपालिका स्थापना देखिका नक्सापाससँग सम्बन्धित कागजपत्रलाई डिजिटलाइज गर्न शुरु गरिएको छ । नक्सापास प्रयोजनको लागि वडा नं. १, २, ३ र ४ का विभिन्न स्थानको माटो परीक्षण गर्ने कार्य सम्पन्न गरेका छौं । वडा नं. १४ नारायणस्थानमा एकीकृत बस्ती विकास योजनाका लागि संभाव्यता अध्ययनको कार्य शुरु गरेका छौं ।
–बजार व्यवस्थापन गर्नको लागि सरोकारवाला सहितको समन्वयमा सडकमा अव्यवस्थित रुपमा रहेका अधिकांश विद्युत पोल र अव्यवस्थित तारलाई हटाइएको छ भने सार्वजनिक जग्गा संरक्षण गरिएको छ । बजार क्षेत्रका साँघुरा सडकलाई समेत मिची सडक अधिकार क्षेत्रभित्र निर्माण गरिएका संरचना हटाइएको छ । पसलका व्यापारिक बस्तुहरु सडक पेटीमा ल्याई बेच्ने, घुमन्ते व्यापारी, ठेलागाडा प्रयोग गरी सडक अतिक्रमण गर्ने परिपाटीलाई निरुत्साहित गरिएको छ । पैदलयात्रीको सहजताको लागि फुटपाथ व्यवस्थित गर्ने कार्य अघि बढेको छ । भु–वर्गीकरणबारे जानकारी गराई वडा स्तरबाट मापदण्ड संकलन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
–उज्यालो बागलुङअन्तर्गत यस नगरपालिका वडा नं. १ र ४ सम्मको मालढुंगादेखि रामरेखाहुँदै उपल्लाचौर सम्मको भागमा सडक बत्ती जडान गर्ने कार्य सम्पन्न भएको छ भने बजार क्षेत्रमा हाईमास्क बत्ती जडानको कार्य अन्तिम चरणमा पुगेको छ ।
समन्वय
–बागलुङ नगरपालिका क्षेत्रका महत्वपूर्ण योजना तथा कार्यक्रम माग गर्नको लागि विभिन्न मन्त्रालय, विभाग, योजना आयोग लगायत एडिवी प्रोजेक्ट, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमा भौतिक रुपमा उपस्थित भै बागलुङ नगरपालिकाका गौरवका योजना, अधुरा योजना र सम्भावनाहरुको विषयमा छलफल गरेका छांै । यसैबीच बा.न.पा. १ स्थित माईनडाँडादेखि बा.न.पा. ९, पालेवन जोड्ने झो.पु. को डिपिआर गरी बजेट विनियोजनका सम्बन्धमा आश्वासन प्राप्त भएको, कालाखोला नदी कटान नियन्त्रणको डिपिआरको लागि टोली आईसकेको, बागलुङ बजार भल व्यवस्थापनको टेन्डर प्रक्रिया अगाडि बढेको छ । सह–लगानीमा संचालन भएको बागलुङ बजार नगर खानेपानी व्यवस्थापन गर्नको लागि नगरपालिकाको तर्फबाट यस अवधिमा थप पचास लाख रुपैयाँ मात्र सहयोग गरिएको छ भने थप सहयोगको लागि प्रतिवद्ध रहेका छौं ।
–सिमाना जोडिएका पालिकासंग विभिन्न विषयमा सहकार्य गर्नेगरी नीतिगत व्यवस्था गरेका छौं ।
–राष्ट्रिय एवं अन्र्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य गर्ने क्रममा हाल ३ वटा अन्तराष्ट्रिय संस्थाको सदस्यता प्राप्त गरिसकेका छौं । जसमध्ये ICLEI संस्थाले वातावरणको क्षेत्रमा कार्यक्रम गर्न सघाउने गरी प्रतिवद्धता व्यक्त गरिसकेको छ ।





